अन्नपूर्ण पदमार्गमा अनुमति बिना हेलीकोप्टर उडान गर्ने बिरुद्ध अख्तियारमा उजुरी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । चर्चित अन्नपूर्ण पदमार्ग क्षेत्रका विभिन्न स्थानहरुमा आफुखुशी हवाइकम्पनीहरुले हेलीकोप्टर उडान जारी राखेपछि राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले विरोध जनाएको छ ।
यस अधिनै अन्नपूर्ण गाउपालिकाको परिषद बैठकले हेलीकोप्टरको उडानले प्राकृतिक सम्पदा लगायत चराचुरुङ्गीहरुलाई समेत असर गरेको भन्दै अन्नपूर्ण क्षेत्रमा उडानमा प्रतिबन्ध लगाउनले निर्णय गरेको थियो।
तर गाउँपालिकाको निर्णयलाई अटेर गरी नियमित दर्जनौ उडान जारी राखेपछि जनअधिकार समितिले हेलीकोप्टर उडान गर्नेलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा बुधबार उजुरी दिएको हो ।
समितिका अध्यक्ष रामबहादुर पौडेलद्धारा हस्ताक्षर गरेको उजुरी पत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतका अन्नपूर्ण आधार शिविर, मनाङ, जोमसोम र लोमाङथाङ क्षेत्रमा संरक्षण क्षेत्र नियमावली विपरित उडान भरेकोले कारबाहीको माग गरिएको छ । अन्नपूर्ण क्षेत्रमा सिम्रीक, प्रभु कम्पनीले धेरै उडान भरिरहेका छन् ।
नागरिक उड्डयनकार्यलय पोखराले उडान अनुमति नदिनको लागि आधिकारिक निकायबाट कुनै जानकारी नआएको यस अघि नै जनाएको थियो।
Related