पोखरामा सर्भि्सिङको लागी छाडेको स्कुटर चोरी गरेको आरोपमा एक युवा पक्राउ
/२९ कार्तिक २०७५, बिहीबार १४:२९ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा । पोखराको एक शोरुमबाट स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। । स्कुटर चोरी गरेको आरोपमा दार्चुला घर भई पोखरा अमरसिंह चोक बस्दै आएका मदन रावललाई प्रहरीले बिहीबार स्कुटर सहित पक्राउ गरेको हो ।
रावललाई वडा प्रहरी रामबजारको टोलीले बिहीबार दिउसो अमरसिंह माबिको गेट नजिकैबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । स्कुटर हराएसंगै शोरुम वरपरको सिसी क्यामेराको फुटेजलाई आधार मानी खोजीकार्य तीब्र पारिएको थियो ।
स्कुटर चोरिएको २० घण्टापछि प्रहरीले स्कुटर सहित एक ब्याक्तीलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक केसीले बताए ।पोखरा गणेश टोलका बबिसरा राना मगरले बुधवार शोरुममा सर्भि्सिङको लागी छाडेको ग १५ प ७४२ नम्बरको स्कुटर रावलले चोरेर हिडेको प्रहरीले जनाएको छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखराको एक शोरुमबाट स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। । स्कुटर चोरी गरेको आरोपमा दार्चुला घर भई पोखरा अमरसिंह चोक बस्दै आएका मदन रावललाई प्रहरीले बिहीबार स्कुटर सहित पक्राउ गरेको हो ।

Related