• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दुई तिहाईको घमण्ड र फुर्ति नदेखाउन काँग्रेस नेता श्रेष्ठको चेतावनी

  •      /३० कार्तिक २०७५, शुक्रबार ०३:४२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    भिमाद। । नेपाली काँग्रेसका नेता एवं पुर्व उप प्रधानमन्त्री गोपालमान् श्रेष्ठले कम्युनिष्ठ सरकारलाई दुई तिहाईको घमण्ड र फुर्ति नदेखाउन चेतावनी दिएका छन् । तनहुँको भिमादमा विहिबार देखि शुरु भएको दोस्रो भिमाद महोत्सवको उद्घाटन समारोहमा बोल्दै नेता श्रेष्ठले समय र परिस्थिती अनुसार राजनीतिक दलहरुले सफलता प्राप्त गर्ने बताए ।

    उनले २०१५ सालमा काँग्रेसको एकल मत आउँदा कम्युनिष्ठहरुसंग कत्ति सिट थियो भन्दै प्रश्न गरे । “सवैले आफ्नो पालामा गर्ने हो,मैले मेरो पालामा गरेको छु”-उनले भने-“विकास भनेको मिलेर गर्नेको हो,विकासको सपना बन्नुस् ,काम पनि गर्नुहोस् ।” काँग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना देखि संविधान निमार्ण, स्थानिय ,प्रदेश तथा संघीय चुनाव लगायतका ऐतिहासिक काम गरेको उनले दाबी गरे ।

    नेता श्रेष्ठले हुने विरुवाको चिल्लो पात र नहुने विरुवाको खस्रो पात हुने भन्दै कम्युनिष्ठ सरकार आएको ९ महिनामा कुनै पनि नयाँ काम हुन नसकेको तर्क गरे । उनले दुई तिहाईको सरकार आएपछि जनतालाई थेग्नै नसक्ने करको भार बोकाइएको ,शान्ति सुरक्षा कायम गर्न नसकेको र पुरानै अर्थ नीति लागु गर्न बाहेक केहि गर्न नसकेको आरोप लगाए ।

    आफुहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गर्दै संविधानमै २ बर्षसम्म सरकारको काम हेर्ने नीति बनाइएकाले सरकारविरुद्ध अविश्वासको पत्र ल्याउन नसकेको बताए । नेता श्रेष्ठले कम्युनिष्ठ सरकारप्रति जनतामा विश्वास नरहेको बताए।

    अहिले एमालेलाई भोट दिने जनता पछुताएर आफैलाई धिकारेर बसेको बताउँदै कम्युनिष्ठ सरकारले जनविश्वास गुमाउँदै गएको उनको भनाई छ ।उनले काँग्रेस सरकारमा रहदाँ शेयर बजारको भाउ बढ्ने, आर्थिक बृिद्ध हुने तर कम्युनिष्ठको सरकार आएपछि घट्ने गरेको उल्लेख गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.