पोखराको घम्पुसबाट व्यावसयिक रुपमा हट एअर बेलुन उडान हुने
/३० कार्तिक २०७५, शुक्रबार ०८:५० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा। नेपालमै पहिलो पटक सुरु हुनलागेको तातो बेलुनमा बसेर आकाशमा उड्ने साहसिक कार्य ’हट एअर बेलुन’ खेल पोखरामा सुरु हुने भएको छ।
नेपाल बेलुन प्रालीले पर्यटकिय नगरी पोखरामा हट एअर बेलुन उडान कार्य गर्न लागेको हो। आयोजकले शुक्रवार पत्रकार सम्मेलन गर्दै बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने खेलको रुपमा ब्यवसायीक उडान गर्ने बताएको छ।
नेपाल बेलुन प्रालीले यसका लागि स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग करिब २ करोड लगानीमा बेलुन खरिद समेत गरिसकेको छ। स्पेनबाट दुई वटा बेलुन खरिद गरेको संयोजक प्रविण महर्जनले बताए।
हट एअर बेलुन उठान मंसिर १ गतेदिख सुरु हुँदैछ। हट एअर बेलुन पोखराको धम्पुसबाट सुरु गरि मार्दी खोलाको तिरमा अवतरण गरिने आयोजकले जनाएको छ।
हट एअर बेलुनमा एक पटकमा आठ जनासम्मलाई एक घण्टा उडान गर्न सकिनेछ। त्यसका लागि नेपालीले प्रतिव्यक्ति ११ हजार रुपैयाँ र विदेशीले १६० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ।यस खेलका लागि तालिमप्राप्त बेलुन पाइलटद्वारा उडान गरिनेछ ।
त्यसका लागि आयोजकले भारतबाट दक्ष पाइलट ल्याउने आयोजकले जनाएको छ। यस्तै ग्राउण्डह्याण्डलिङका लागि स्वदेशी युवाहरुलाई तालिम दिएर तयार पारिएको आयोजकले जनाएको छ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। नेपालमै पहिलो पटक सुरु हुनलागेको तातो बेलुनमा बसेर आकाशमा उड्ने साहसिक कार्य ’हट एअर बेलुन’ खेल पोखरामा सुरु हुने भएको छ।

Related