खेलकुदलाई ब्यबस्थित मर्यादित बनाउने तर्फ जोड दिएका छौं, मन्त्रि विश्वकर्मा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले खेलकुदलाई ब्यबस्थित, मर्यादित र समयानुकुल बनाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताएका छन ।
नेपाल भलिबल संघद्वारा पोखरामा आयोजित पाँच दिने प्रदेशस्तरिय राष्ट्रिय रेफ्रि रिफ्रेशर कोर्षको समापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
खेलकुदमा देखिएका केही गलत प्रवितीका कारण उचित बातावरण बन्न नसकेको तर्फ इगित गर्दै मन्त्रि विश्वकर्माले भने–“विभिन्न व्यक्तिले राजनितिक आवरणमा खेलकुदमा बसेर व्यक्तिगत स्वार्थ र अभिष्ट पुरा गर्न खोज्दा समस्या देखा परेको हो ।”
उनले खेलकुदमा देखिएका सम्यस्याहरु समाधान गर्दै सिंगो देशको खेलकुद बिकासका लागि मन्त्रालयले काम गरिरहेको बताउँदै विवादका कारण खेलिएका कुनै पनि एउटै खेलका दुइ वटा संघहरुको समस्या समधान नभए सम्म ८ औं राष्ट्रिय खेलकुदमा समेत ति खेलहरुलाई सहभागिता नगराउने स्पष्ट पारेका छन ।
खेलकुदमा नयाँ पुरुतालाई आर्कषित गर्न सके मात्रै अन्तर्राष्ट्रिय स्तरका प्रतिभावना खेलाडी उत्पादन हुन सक्ने बताउँदै मन्त्रि विश्वकर्माले यसका लागि मन्त्रालयले खेलकुदको नयाँ कोर्ष डिजाइन गरि सिटिइभिटी मार्फत प्रमाणपत्र पाउने गरि कार्यदल बनाएर कामको थालनी भइरहेको समेत बताए ।
“मन्त्रालय अहिले नितीगत रुपमानै खेलकुदको बिकासका लागि अगाडी बढेको छ र यसले छिट्टैनै खेलकुदमा देखिएको प्रतिकुल अवस्थालाई समाप्त पार्नेछ” मन्त्रि विश्वकर्माले भने । मन्त्रि विश्वकर्माले अब खेलेर जिविकोपार्जन हुन्न भन्ने भावनालाई समाप्त पार्न पनि पारित हुने नितीले नयाँ दिशा दिने बताए ।
मन्त्रि विश्वकर्माले ७ वटै प्रदेशमा आधुनिक रंगशाला र ७ सय ५३ वटै स्थानिय तहमा खेलग्राम बनाउने गरि मन्त्रालयले कार्यदिशा तय गरेको बताउँदै क्याविनेटले पास गर्ने वित्तिकै कामको थालनी हुने बताए । उनले खेलकुदका कार्यक्रमहरुलाई नियमित रुपमा संचालन गर्न हरेक दुइ वर्षमा चक्रप्रणालीका आधारमा हरेक प्रदेशमा राष्ट्रिय खेल आयोजना गर्ने समेत बताए।
Related