कर कार्यालयमा विवरण बुझाउन छुटेका करदातालाई जरिवाना र व्याज छुटको अफर
/३० कार्तिक २०७५, शुक्रबार १६:०० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा । कर कार्यालयमा विवरण नबुझाएर जरिवानामा परेका संस्थाहरूले पुस मसान्तसम्म विवरण बुझाए जरिवाना र व्याज मिनाहा हुने भएको छ । कर कानूनको जानकारी नहुँदा र अन्य कारणबाट जरिवानामा परेका संस्थालाई कानूनको दायरामा ल्याउन यस्तो ‘स्किम’ ल्याइएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले बताए ।
कर कार्यालयमा दर्ता भएर विवरण नबुझाउने र सरकारले दिएको स्किममा पनि कानूनको दायरामा नआउने संस्थालाई १ माघबाट कानूनी कारवाही गर्दै जरिवाना र व्याज असुल गरिने उनको भनाइ छ ।
आगामी पाँच वर्षमा ३० लाख करदाता पुर्याउने लक्ष्य विभागको छ । अहिले सरकारलाई प्रत्यक्ष कर तिर्ने करदाताको संख्या १८ लाख छ ।
“करको चर्चा घर–घरसम्म होस् भनेर करदातालाई केन्द्रमा राखेर कर दिवसलाई अभियानका रूपमा मनाउन शुरु थालेका छौं,” महानिर्देशक नेपालले भने, “हाम्रो मूख्य उद्देश्य करदातालाई जागरूक गराउँदै करदाताको संख्या बढाउँदै जाने हो ।” त्यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरिएको उनको भनाइ छ ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । कर कार्यालयमा विवरण नबुझाएर जरिवानामा परेका संस्थाहरूले पुस मसान्तसम्म विवरण बुझाए जरिवाना र व्याज मिनाहा हुने भएको छ । कर कानूनको जानकारी नहुँदा र अन्य कारणबाट जरिवानामा परेका संस्थालाई कानूनको दायरामा ल्याउन यस्तो ‘स्किम’ ल्याइएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपालले बताए ।

Related