गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगिनी सम्बन्ध
/१ मंसिर २०७५, शनिबार ०५:१३ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा। गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगेनी सम्बन्ध स्थापित भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका तर्फबाट सामाजिक विकासमन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकङ्ग्रेस स्थायी कमिटीका उपाध्यक्ष सु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीपत्रमा हाइनान प्रान्तले गण्डकी प्रदेशमा प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार र वाणिज्य तथा सांस्कृतिक क्षेत्रमा सहयोग गर्ने सहित सात बुँदे सहमति भएको उल्लेख छ ।
प्राविधिक विद्यालय स्थापना र नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। ।
बस्नेतका अनुसार सम्झौतासँगै हाइनानले गण्डकी प्रदेशबाट वार्षिक चार जनाको दरले आगामी पाँच वर्षसम्म २० विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्यापन गराउने भएको छ ।
सोही कार्यक्रममा प्रदेशसँगै पोखरा महानगरपालिका र हाइकाओ नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गरिएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र हाइकाव नगरपालिकाका उपाध्यक्ष फान जोङलीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। ।

Related