लामाचाैर अकला मन्दिर हुँदै भुर्जँग खाेला जाने बैकल्पिक मार्गकाे स्तर उन्नति गरिने
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पाेखरा /लामाचाैर क्षेत्रकाे एेतिहासिक तथा धार्मिक क्षेत्र ठुलि पाेखरी शहर डहर अकला जाेड्ने हवल्दारकाे चाैताराे देखि अकला सम्मकाे करिव ३ किलोमिटर सडक स्तराेन्ति गरिने भएकाे छ ।
यस अघि उक्त सडककाे ठुलि पाेखरि देखि हल्दारका चाैतारेेा सम्म सात वर्ष अगाडि कालाेपत्र भएकाे र बाँकी सडक कालाेपत्रे हुनलागेकाे हाे ।
पाेखरा १९ लामाचाैर क्षेत्रका धार्मिक स्थळाइ सडक सन्जाल सँग जाेड्ने अभियान र लामाचाैर भुर्जुँगखाेला जाेडने लामाचाैर माछापुच्छ्रे बैकल्पिक सडकाे रुपमा याे सडक निर्माण पछि प्रयाेग हुने पाेखरा १९ का वडाध्यक्ष शाेभामाेहन पाैडेलले बताए ।
महानगर पालिकाकाे करिव १ करेाडकाे लागतमा याे सडक निर्माण सम्पन्न हुने छ । शनिबार लामाचाैरमा अायाेजना गरिएकाे एक भेलाले याे सडक निर्माणका लागि गणेश बहादुर पाण्डेकाे अध्यक्षतामा १३ सदस्यीय उपभाेक्ता समिति गठन भएकाे छ भने सविन जिसीकाे सँयाेजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएकाे छ ।
यसै गरि ठुलि पाेखरी बृहत लाइटिँग र पार्क निर्माणका लागि महानगरले ३५ लाख बिनियाेजन गरेकाे वडाध्यक्ष पाैडेले बताएका र छिटै काम शुरु हुनेछ । स्थानिय निकाएका निर्वाचन पछि पाेखरा १९ मा विकास निर्माणले गति लिएकाे पाइएकाे छ ।
मुख्यरुपले यहाँका सडक पुर्वाधार हरुलाइ जाेडदिइएकाे धार्मिक क्षेत्रकाे पुर्ननिर्माणमा जाेडदिँदै लामाचाैर लाइ धार्मिक पर्यटनमा जाेडदिने निती लिइएकाे वडाध्यक्ष शाेभा माेहन पाैडेलले बताए ।
Related