नेपाली सेनामा भर्ति गराइदिने भन्दै पैसा लिएको आरोपमा तीन सैनिक बर्खास्त
/२ मंसिर २०७५, आईतवार १४:३४ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
तुलसीपुर ।बेरोजगार युवाहरुलाई नेपाली सेनामा जागिर लगाइदिने भन्दै पैसा लिएको आरोपमा नेपाली सेनाले तीन जना सैनिकलाई बर्खास्त गरेको छ।
तुलसीपुर मातहतमा रहेको १९ नम्बर बाहिनी अड्डा ज्वालादल गण जाजरकोमा कार्यरत तीन सैनिकलाई आर्थिक अनियमितिताको आरोपमा कारबाही गरिएको बाहिनीपति, सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।
बाहिनीपति पाण्डेका अनुसार अनुशासनहीन काम गरेकाले सैनिक अदालतको निर्णय अनुसार उनीहरुलाई सेवाबाट हटाएर कारवाही थालिएको हो।
कारवाही गरिएका सैनिकहरुमा बर्दियाको सानोश्री गाविस ८ घर भइ ज्वालादल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भइ सोही गणमा कार्यरत हबलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारी रहेका छन्।
जमदार डाँगीले नेपाली सेनामा भर्ना गराइदिने भन्दै डेढलाख रुपैयाँ लिएका थिए भने हवल्दार रानाले आफ्नो गाउँको भन्दै सघाएको आरोपमा कारवाही गरिएको हो। त्यसैगरी सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाण भेटिएपछि सेवाबाट हटाइएको र कोट मार्सल अनुसार कारबाही गरिएको बाहिनीपति पाण्डेले बताए।
आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला समेत गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए।

Related