• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गाेरखामा एकादशी मेलामा ‘ग्याङ फाइट’, छुट्याउन गएका प्रहरीसहित दर्जन घाइते

  •      /३ मंसिर २०७५, सोमबार १५:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 

    गाेरखा– एकादशी मेला भर्न गएका दुई युवा समूहबीच झडप हुँदा एक प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन्।

    धादिङको ज्वालामुखी गाउँपालिका ५ को सिम्ले भन्ने ठाउँमा गोरखा क्यामुनटार र धादिङ सुनखानीका युवाबीच झगडा भएको हो। झगडा साम्य पार्न गएका धादिङका असई विनयकुमार पाण्डे घाइते भएका छन्।
    टाउकोमा चोट लागेका उनको धादिङबेँसीमा उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।

    मदिरा सेवन गरेका युवा समूहबीच सुरु भएको झगडाले उग्र रुप लिएपछि प्रहरी टोली साम्य पार्न घटनास्थल पुगेको थियो। मेलास्थल नजिकका पसल तथा गाडी र बाइकमा समेत तोडफोड गरिएको छ।

    यसै बिषयमा ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले बताए अनुसार झडपका क्रममा गोरखा र धादिङ दुवै तर्फका गरि ८ सवारी साधनमा तोडफोड भएको छ | रोकीराखिएका ३ बोलेरो र ५ मोटरसाइकल तोडफोड भएको हो |

    काप्रीका अनुसार झडपको क्रम गोरखापट्टीका समूहले अन्धाधुन्द ढुङ्गाले हानेका थिए । प्रत्यक्षदर्शीले भने झगडा जुवाखालबाट सुरु भएको बताएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.