• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाग्लुङमा पहिरोले खोला थुनेर बनाएको तालमा डुंगा सञ्चालन

  •      /४ मंसिर २०७५, मंगलवार ०४:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बाग्लुङ । मध्य बर्खामा आएका पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तालमा जलयात्रा सुरु गरिएको छ/ग्वालीचौरमा चलिरहेको प्रथम बडिगाड महोत्सवलाई लक्षित गरेर आइतबारदेखि जलयात्रा सञ्चालनमा ल्याइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए।

    ‘महोत्सवलाई थप आकर्षण प्रदान गर्ने र महोत्सवमा आउने दर्शकलाई जलयात्राको सुविधा दिनेगरी जलयात्रा शुरु गरिएको हो,’ पाईजाले भने, ‘स्थानीयसँग भएको सहमतिअनुसार महोत्सवपछि कानुनी प्रक्रिया पूरा गरी जलयात्रालाई निरन्तरता दिइने छ।’

    स्थानीय एक युवाले महोत्सवको अवसरमा तालमा जलयात्रा सञ्चालन गर्ने प्रस्ताव गरेपछि गाउँपालिकाले आइतबार प्रभावित क्षेत्रका स्थानीय र सरोकारवालासँग छलफल गरेको थियो। तत्कालका लागि स्थानीय युवा तमबहादुर बिसीले दुईवटा डुंगा भाडामा लिएर जलयात्रा सुरु गरेका छन्।

    स्थानीय र सारोकारवालाका बीचमा तालभन्दा तल्लो भागमा तटबन्ध निर्माण गर्ने, प्रभावित क्षेत्रका स्थानीयलाई क्षतिपूर्तिको व्यवस्था गर्ने र नियमित रुपमा जलयात्रा सञ्चालन गर्ने सहमति भएको छ। महोत्सव अवधिभर जलयात्राका लागि गाउँपालिकाले प्रतिव्यक्ति २५० रुपैयाँ शुल्क निर्धारण गरेको छ। तर, डुंगा सञ्चालकले ५०० रुपैयाँ प्रस्ताव गरेको छ।

    यात्रुलाई मार नपर्ने गरी शुल्क निर्धारण गरिने अध्यक्ष पाइजाले बताए। गत भदौ २९ राति ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना पर्ने तुरतुरेमा खसेको पहिरोले बडिगाड खोला थुनिएर उक्त ताल बनेको हो।

    ताल १ हजार २० मिटर लामो रहेको छ। पछिल्लो समय ताल हेर्र्न आन्तरिक पर्यटकहरु बढ्दै गएपछि त्यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिका तथा सरोकारवालाले पहल थालेका हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.