कास्की काँग्रेसमा ११ जना जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनित
/५ मंसिर २०७५, बुधबार १४:१० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा ।नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ ।५ जना आमन्त्रीत सहित ११ जना जिल्ला सदस्य थपिएका हुन् ।
काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द ज्वाला बास्तोला, ओम बस्नेत, पुण्डरीप्रसाद बराल र यज्ञेश्वर पोखरेल छन् । आमन्त्रित सदस्यमा प्रेम तामाङ, पुष्प पराजुली, लक्ष्मण पहारी, आशबहादुर गुरुङ र दिनेश पौडेल छन् ।
बैठकले मंशिर महिनामा कास्कीका पाँच वटै स्थानीय तहमा गर्ने कार्यशालाको लागि पोखरा महानगरपालिकामा माधव बास्तोला मधु संयोजक र विजयराज आचार्य सहसंयोजक रहेको उपसमिति गठन गरिएको छ ।
त्यस्तै, मादी गाउँपालिकाका लागि बृजमान गुरुङ, रुपा गाउँपालिकाका लागि देवेन्द्र रानाभाट, अन्नपूर्ण गाउँपालिकाका लागि पोषनाथ शर्मा र माछापूच्छ गाउँपालिकाका लागि लक्ष्मी पाण्डेलाई संयोजक तोकिएको छ ।

Related