मुलुकको बिकास र समृद्धीको लागि कर तिर्न ब्यवसायीलाई अग्रह
/५ मंसिर २०७५, बुधबार १५:४२ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता पोखरा/ आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गरेका छन् । सातौं राष्ट्रिय कर दिवसका अवसरमा वर्तमान कर प्रणाली विषयमा पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा उप्रेतीले कर संकलन विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने स्पष्ट पारे ।
प्रमुख कर अधिकृत उप्रेतीले व्यवसायीलाई कर शिक्षा प्रदान गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको भन्दै कर कार्यालय करदाता मैत्री रहेको दाबी गरे । जिल्लामा मात्र ४३ हजार करदाता रहेको जानकारी गराउँदै उनले छ सय ४३ होटल आन्तरिक राजश्व कार्यालयमा दर्ता रहेको पनि जानकारी दिए ।
बाग्लुङ र तनहुँमा आन्तरिक राजश्व कार्यालयको स्थापना पछि अहिले पोखरा कार्यालयले कास्की र स्याङ्जा जिल्लालाई मात्र आफ्नो दायरामा समेटेको उनले सुनाए।कर अधिकृत उप्रेतीले व्यवसयीलाई विशिष्ट र पहिलो कर अधिकृत भएको टिप्पणी गर्दैे क्रेताबाट मूल्य अभिवृद्धि कर संकलन गरी सरकारलाई बुझाउने कार्यले त्यसलाई पुष्टि गर्ने तर्क पेश गरे ।
पूर्व बजेट छलफलमा समेत व्यवसायी संलग्न हुने हुँदा उनीहरु नीति निर्माता समेत भएको उनले भनाई थियो । सो अवसरमा उप्रेतीले व्यवसायीलाई विलविजक जारी गर्न र कर तिर्न आग्रह गरे । कर बाट कोही पनि भाग्न नसक्ने भन्दै उनले पछि समस्यामा पर्नु भन्दा बेलैमा यसबारे सचेत हुन आग्रह गरे ।
सो अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव पौडेलले आर्थिक ऐन २०७५ अन्तर्गत करदातालाई प्रदान गरिएका पछिल्ला योजनाका बारेमा जानकारी गराएका थिए । आयोजक संघका अध्यक्ष विकल तुलाचनले आर्थिक ऐनले ल्याएका स्किमबाट लाभ लिन व्यवसायीसँग आग्रह गरे ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीले कर तिरेर नै देश समृद्ध बन्न सक्छ भन्ने विषयमा आफूहरु सचेत रहेको भन्दै होटल क्षेत्रमा खर्बौै रुपैयाँको लगानी भए पनि काठमाडौंमा जस्तो पोखरामा पर्यटकको आगमन मनग्य नभएको बताए । होटेलको अकुपेन्सी दर पनि उत्साहप्रद नरहेको उनको भनाई थियो ।
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा/ आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गरेका छन् । सातौं राष्ट्रिय कर दिवसका अवसरमा वर्तमान कर प्रणाली विषयमा पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा उप्रेतीले कर संकलन विना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने स्पष्ट पारे ।

Related