पोखरामा मंसिर १३ गतेदेखि हुने पोखरा एक्स्पोको तयारी अन्तिम चरणमा
/६ मंसिर २०७५, बिहीबार १५:५६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाईल मेलाको आयोजना हुने भएकोछ। संघले यही मंसिर १३ गतेदेखि २४ गते सम्म सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाईल मेलाको आयोजना गर्न लागेको हो।
२०४२ सालबाट शुरुभएको औद्योगिक व्यापार मेलालाई संघले ग्राहक र ब्यवसायीको चाहना अनुसार समय सापेक्षीरुपमा परिष्कृत गर्दै एक्स्पोमा रुपान्तरण गरिएको हो । ‘मेला र महोत्सव गर्नेहरु बढेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने–‘उत्पादन भएका सामग्री उपभोक्ता सम्म पु¥याउन एक्स्पो सफल हुने छ।’
उनका अनुसार संघले ग्राहक र ब्यवसायीको चाहना अनुसार एक्स्पोलाई समय अनुकुलरुपमा रुपान्तरण गर्दै लगेको दावी गरे।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एकसाता पछि शुरुहुने महोत्सवमा राखिने ३ सय स्टलमध्ये अधिकांश बुकिङ भईसकेको अधिकारीले जानकारी दिए। संघले प्रत्येक गेट टिकटबाट एक रुपैयाँ विगतमा झैं बालश्रम न्युनिकरण कार्यक्रमको लागि छुट्टाईने उनले जानकारी दिए।
संघले आयोजना गरेको एक्स्पोबाट ६० लाख खर्च र ९० लाख आम्दानी गरी ३० लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिएको उनले बताए । बचत रकमबाट प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक एवं व्यवसायिक उत्थानको क्षेत्रमा खर्च गरिने उनको भनाई छ ।
एक्सपोलाई थप आकर्षण गर्न लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपमा पुरस्कारको व्यवस्था, बम्बर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका पोखरा उद्योग वाणिज्य संघका महासचिब अर्जुन पोख्रेलले जानकारी दिए ।
पोखरा एक्स्पोले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदसँगको सहकार्यमा होम स्टेलाई प्रवद्र्धन गरिने छ । त्यसको लागि स्टललाई छुट्टाएर राखिने छ । विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा,पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनलाई विशेष प्राथमिकतामा राखिने छ ।
मेलामा विभिन्न ब्राण्डका मोवाईल पनि विशेष छुटका साथ उपलब्ध गराउने प्रतिबद्धता समेत गर्ने पोख्रेलले जानकारी दिए । ।

Related