• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालको नदीमा भारतीय दादागिरी, भारतले बेच्यो चिनियाँ कम्पनीलाई

  •      /७ मंसिर २०७५, शुक्रबार ०३:३० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं–राजधानीबाट शुक्रबार प्रकाशित दैनिक पत्रिकाले डडेलधुरामा भएको दुर्घटना, गाईगोरुको जन्मदर्ता गराउन एप सार्वजनिक, अस्पतालले कोमाका बिरामीलाई सुटुक्क ल्याउन थालेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

    अन्नपूर्ण पोस्ट दैनिकले भारतले नेपालका खोला बेचेको खबरलाई मुख्य बनाएको छ । समाचारमा लेखिएको छ, भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।

    भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङदी २ जलविद्युत आयोजनाको लाइसेन्स ११ वर्ष होल्ड गर्दै थियो । सोही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुपलाई बेचेको हो।

    त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्राय विदेशमै रहेको खबर पनि उच्च प्राथमिकतामा छ । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालेका ज्ञवालीले आठ महिनाको अवधिमा ६४ दिन बिदेसमै बिताएका छन् । त्यस्तै वाइड बडी किन थन्किएभन्दै प्रधानमन्त्रीले राखेको चासोलाई प्राथमिकताका साथ छापिएको छ ।

    कान्तिपुर दैनिकले अस्पतालहरुले कोमाका बिरामीलाई सुटुक्क ल्याउने गरेको खबरलाई मुख्य बनाएको छ । आर्थिक लाभका लागि ओम समाज अस्पतालले परिवारलाई नै थाहा नदिई कतारबाट कोमाका बिरामी ल्याउने गरेको छ । त्यस्तै सर्वोच्च अदालतले फेवातालमाथि केबलकार नबनाउन आदेश दिएको छ । सर्वोच्चले ६ महिनाभित्र फेवातालको चार किल्ला कायम गर्न, व्यक्तिका नाममा दर्ता भएको जग्गा एक वर्षभित्र बदर गर्न र तालको ६५ मिटरभित्र कुनै संरचना नबनाउने आदेश दिएको छ । त्यस्तै गाई गोरु पाल्नेका लागि जन्मदर्ता गराउ नयाँ एप्स सार्वजनिक गरिएको छ ।

    नागरिक दैनिकले होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री गर्ने गरेको समाचारलाई मुख्य रुपमा छापेको छ । सहकारी संस्थामार्फत सञ्चालनमा रहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा ९ वर्षदेखि परिचित संस्थाले होलसेलका तरकारी किनेर अर्गानिक भन्दै आएको खुलेको छ । त्यस्तै जनसत्ताका लिखत द्वन्द्वको बिउ फैलिँदै गरेको समाचार पनि मुख्य रुपमा छ ।

    नयाँ पत्रिकाले फेसबुकले मात्र वर्षमा १३ अर्ब लैजाने गरेको समाचारलाई मुख्य रुपमा छापेको छ । सुन भरियालाई तीन वर्षमा जेलसहित ४३ करोड जरिवाना भएको खबर, तेलदेखि रेलसम्म नै सरकार असफल भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप रहेको खबरलाई मुख्य बनाएको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.