• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पेशागत माग राख्दै देशभरका शिक्षक सडकमा, २१ गते देखि अनिश्चितकालिन हडतालमा उत्रने चेतावनी

  •      /७ मंसिर २०७५, शुक्रबार १५:३९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । २६ सुत्रे माग सहित चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालयमा आज धर्ना दिएका छन् ।

    शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै २६ सुत्रे माग सहित देशभरका शिक्षकहरु अहिले आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशको अगुवाईमा आज मन्त्रालय अगाडि ४ घण्टा शिक्षकहरु धर्नामा बसेका हुन ।

    राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानिय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने लगाएतका माग सहित चरणबद्ध रुपमा आन्दोलन महासंघले गरिरहेको छ । सोही अनुसार तेस्रो चरणको आन्दोलन स्वरुप मन्त्रालयमा धर्ना दिएको नेपाल शिक्षक महासंघ गण्डकी प्रदेशले जनाएको छ। धर्नामा गण्डकी प्रदेशका ११ जिल्लाका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

    महासंघले शिक्षक काउन्सिलको व्यवस्था गर्न, शिक्षा सेवा आयोगलाई संबैधानिक स्तर बनाउन, संबैधानिक शिक्षा आयोग गठन गर्न, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानिय तहको साझा अधिकारका सूचिमा राख्न माग गरेको छ । महासंघका मागहरु पुरा गर्न सरकार आलटाल गरे मंसिर २१ गते देखि अनेश्चितकालिन हडतालमा उत्रने महासंघले चेतावनी दिएको छ ।

    महासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।

    तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरूको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रूपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरूको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरूको माग छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.