• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नयाँशक्ति विलयको बाटोमा गएको भन्दै केन्द्रीय सदस्य तिवारी नेकपामा प्रवेश

  •      /८ मंसिर २०७५, शनिबार १४:२८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा ।नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य नारायणहरी तिवारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । गत वर्षको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर १.१ का उम्मेद्वारसमेत रहेका तिवारी शनिबार नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपा जिल्ला संयन्त्र कास्कीका सदस्य बखानसिंह गुरुङ ‘आभाष’ले खादा लगाएर स्वागत गरे ।

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनी २०७२ सालमा नयाँशक्तिमा प्रवेश गरेका थिए । तिवारी २०६२ सालदेखी २०७२ सालसम्म नेपाल तरुण दल कास्कीका उपाध्यक्ष रहेर काम गरेका थिए । लेखनाथका कांग्रेस युवा नेता रामजी बादलको हत्याका बेला उनलाईपनि मरणासन्न हुनेगरी कुटपीट गरेर झाडीमा फालेका थिए । बेहोस् अवस्थामा भेटिएका उनी पछि उपचारपश्चात स्वस्थ भएका थिए ।

    पार्टी प्रवेश गराउँदै नेकपाका नेता बखानसिंह गुरुङ ‘आभाष’ले समृद्धीको यात्रामा सहयात्रा गर्न आएका तिवारीलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले जनताको मुक्ति र समृद्धीको सपना नेकपाले मात्र पूरा गर्न सक्ने बताए । उनले पार्टी प्रवेश गरेका तिवारीलाई उचित जिम्मेवारी दिने आश्वासनसमेत दिए ।

    कार्यक्रममा पार्टी प्रवेश गरेका नारायणहरी तिवारीले नयाँशक्ति विलयको बाटोमा गएकाले जनताको आशा भरोसाको केन्द्र नेकपामा प्रवेश गरेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.