• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा जुवातास र अवैध धन्दा बढ्दो, प्रहरीले लियो,दुइस्थानबाट १४ जना जुवाडे नियन्त्रणमा

  •      /९ मंसिर २०७५, आईतवार १६:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा ।पोखराको दुई स्थानमा अबैध रुपमा जुवातास खेल्ने १४ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

    गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका नयाँबजार ९ स्थित पूर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्ग दर्शन एकेडेमीबाट नौ जनालाइ चार बुक तास बाहेक नगद रु दुइ लाख उन्चालिस हजार छ सय दश रुपैया सहित पक्राउ गरिएको कास्कीका डिएसपी रविन्द्र मान गुरुङले जानकारी दिए।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ९ बस्ने बर्ष ५८ को पुर्ण श्रेष्ठ, पोखरा १० अमरसिंह बस्ने बर्ष ५८ को मिन बहादुर बराल, पोखरा १० अमरसिंह बस्ने बर्ष ६० का भरतकाजी ढुङगाना, पोखरा नयाँबजार ८ बस्ने बर्ष ४५ को सोवित के.सी, पोखरा ९ महेन्द्रपुल बस्ने बर्ष ५४ को लेखनाथ बास्तोला, पोखरा ९ बस्ने बर्ष ५५ को राजु श्रेष्ठरहेका छन्।

    त्यसैगरी पोखरा १७ बिरौटा बस्ने बर्ष ४२ को केशब थापा, तनहु शुक्लागण्डकी न.पा १घर भई हाल पोखरा१२ बस्ने बर्ष ४७ को जस गुरुङ र लमजुङ मध्यनेपाल न.पा ८ घर भई हाल पोखरा १२ बस्ने बर्ष ५१ का राम बहादुर गुरुङ रहेका छन् ।

    यस्तै पोखरा महानगरपालिका वडा नं १७ काउसेघारी स्थित दिपेन्द्र पौडेलको घरमा पनि अबैध जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पांच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट तीन बुक तास सहित नगद रु एक लाख बयानब्बे हजार सात सय असी रुपैयाँ वरामद गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा स्याङजा जिल्ला आधिखोला गाउँपालिका वडा नं २ घर भई हाल पोखरा १७ काउसेघारी बस्ने बर्ष ४० का दिपेन्द्र पौडेल (घरधनी) स्याङजा पुतलिबजार नगरपालिका ११ घर भई हाल पोखरा १७ बिरौटा बस्ने बर्ष ३७ का कृष्ण अर्याल, स्याङजा पुतलिबजार नगरपालिका ५ घर भई हाल पोखरा १७ बिरौटा बस्ने बर्ष ३५ का प्रकाश रेग्मी,रहेका छन्।

    त्यसैगरी स्याङजा पुतलिबजार नगरपालिका ५ घर भई हाल पोखरा १ बगर बस्ने बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाउपालिका १ बस्ने बर्ष ३७ का अम्मर केसी रहेका छन् ।पक्राउ परेका सबैमाथी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.