पोखरा प्रदर्शनी केन्द्रमा हुने सफल एक्स्पोको सम्पुर्ण तयारी पुरा
/११ मंसिर २०७५, मंगलवार १३:४८ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरार । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५, पोखरा’को तयारी पूरा भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अनुसार मंसिर १३ देखि २४ गतेसम्म हुने एक्स्पोको सम्पुर्ण तयारी पुराभएको अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।एक्स्पोको उद्घाटन गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलेगर्ने कार्यक्रम रहेको छ ।
एक्स्पो तयारीका सबै काम सकिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले बताए । ‘हामीले एक्सपोका सबैजसो तयारीहरु सकेका छौँ, उनले भने / ‘प्रदर्शनी केन्द्रमा रहने करिब ३ सयवटा स्टलहरुको बुकिङ भई सकेको छ, उद्घाटनसँगै यहाँ बस्तु तथा सेवाहरु प्रदर्शनीमा राखिनेछन् ।
उनका अनुसार एक्स्पोलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन् । मेला र महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्नु एक्सपो उद्देश्य रहेको उनले बताए ।
यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्थाले जनाएको छ ।
‘पोखरालाई पर्यटनको मूख्य हब र पोखरा वरपरको क्षेत्रलाई सब हब बनाउँदै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पनि हामीले यी स्टलहरु राखेका हौँ’, संघका महासचिव अर्जुन पोखरेलले भने,‘ एक्सपोलाई आफ्नो उदेश्य अनुरुपको बनाउने काममा आयोजकबाट कुनै कमी हुन दिने छैनौँ ।’
एक्सपोमा रहने मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुले पनि सहभागिहरुलाई थप सुविधा दिने उनले बताए ।
संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार एक्सपोमा जोडिएका विभिन्न ब्राण्ड तथा औद्योगिक घरानाहरुको प्रदर्शनीले उद्यमशीलता वृद्धिको लागि थप टेवा दिनेछ । यसैगरी एक्सपोमा रहने मोवाइल मेलामा हुने एक्सचेञ्ज अफर, नयाँ ब्राण्डका मोवाइलको उपलब्धताले पनि एक्सपोमा रौनकता थप्ने उनले बताए ।

Related