केन्द्र सरकारले मात्रै काम गरेर बिकास र समृद्धि आउँदैन ; मुख्यमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले मात्रै काम गरेर बिकास र समृद्धि नआउने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो समन्वय परिषद्को बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले ७ सय ६० वटा सरकार विनै समृद्धि हासिल गर्न सम्भव नभएको बताए।
उनले पुरानै मानसिकताबाट संघियता र समृद्धिका लागि बाधक भएको बताए । तीन तहको सरकारले एक्लैले समृद्धी हासिल गर्न नसक्ने बताउदै गुरुङले संघिय, प्रदेश र स्थानीय सरकार सगँ सगँ अगाडी बढ्नु पर्ने बताए ।
मुख्यमन्त्री गुरुङले स्थानीय निकायहरु गैरकानूनी बाटोमा हिँडेको भन्दै गुनासो समेत ब्याक्त गरे। नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्य्विधिहरु बनाएको उनको आरोप छ ।
‘नगरसभाले कानुन बनाउँदैन, गाउँसभाले कानुन बनाउँदैन । नगरपालिका र गाउँपालिकाले कानुन बनाईराख्या छ । मैले धेरैतिरबाट सुनेको छु । यो गैर कानुनी छ, उनले भने–साथीहरुले ख्याल गर्नुस् तपाईहरुले गरेको गैरकानुनी कार्यका कारण कानुनी बठघरामा उभिनु पर्ला। नियमकानुनलाई मिचेर अघि बढ्न सकिँदैन ।’
उनले नगरपालिका र गाउँपालिकालाई कानून नबनाउन निर्देशन दिँदै कुनै पनि सरकार स्वतन्त्र नभएको स्पष्ट पारे।
प्रदेश र संघलाई नसुनेर स्थानीय तहले आफूखुसी गर्ने कामले विकास र समृद्धि हासिल गर्न नसकिने उनको धारणा थियो। ‘स्थानीय सरकार र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको समृद्धि हासिल गर्छु भन्ने सोच संघले राख्यो भने पनि त्यो असम्भव छ’, उनले भने। ‘हामी स्वतन्त्र सरकार होइनौँ, स्वायत्त हौँ, हामीलाई कानून र बजेट बनाउने अधिकार छ,।’
उनले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । ‘ढुंगा गिटी बालुवाको निर्णय ब्यक्तिगत गर्नुहुन्न । संस्थागत निर्णय गर्नुपर्छ । मनपरि चलेका क्रसर उद्योग र खानीहरुलाई नियमभित्र ल्याउनुप¥यो’ गुरुङले भने। मुख्यमन्त्री गुरुङले उद्घाटन र शिलान्यासमा मन्त्री र सांसदलाई धेरै नबोलाउन स्थानीय सरकारसँग आग्रह गरे।
प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको सभामा सहभागी भएका छन् । बैठकमा बिशेषगरि संघीयताको कार्यान्वयन र समृद्धीका एजेण्डाका बारेमा छलफल केन्द्रित भएको छ । बैठकको पहिलो दिन आज ५ वटा कार्यपत्र माथी छलफल भएको छ ।बैठक दुई दिन सम्म चल्ने छ।
Related