• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालमै पहिलो पटक पोखराको वडा नम्बर १३ मा स्मार्ट परिचय पत्र वितरण शुरु

  •      /१२ मंसिर २०७५, बुधबार १४:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा / । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । मालिका सफ्टवेयर सँगको सहकार्यमा वडाबासीका लागि स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो ।
    बुधबार आयोजित कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले वडाबासी पत्रकार शोभाकान्त सिग्देललाई स्मार्ट परिचय पत्र प्रदान गरेर स्मार्ट परिचय पत्र वितरणको शुरुवात गरे । स्मार्ट परिचय पत्र निर्माण गर्ने मालिका सफ्टवेयर नेपाल स्मार्ट लाइसेन्स निर्माण गर्ने नेपाली कम्पनी हो ।

    वडाले शुरु गरेको स्मार्ट परिचय पत्र व्यक्तिका लागि सिटिजन कार्ड र परिवारका लागि फ्यामिली कार्ड गरी २ किसिमको कार्ड बनाइएको वडाध्यक्ष लामाले जानकारी दिए । व्यक्तिले सिटिजन कार्ड लिनका लागि व्यक्तिगत विवरण भर्नुपर्छ । फ्यामिली स्मार्ट कार्ड लिनका लागि पारिवारिक विवरण भर्नुपर्छ ।

    विवरण भरेको करीब २ महिनामा वडाले स्मार्ट परिचय पत्र उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिए । वडाले पारिवारिक कार्ड एक पटकलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । तर व्यक्तिले कार्ड लिएमा प्रति व्यक्ति ५२ रुपैयाँ लाग्ने वडाध्यक्ष लामाले उल्लेख गरे । स्मार्ट कार्ड बाध्यकारी नभई स्वेच्छिक रहेको उनले बताए । स्मार्ट कार्ड नबनाउनेले पुरानै प्रक्रियाबाट सेवा पाउने उनले प्रष्ट्याए ।

    त्यसरी वितरण गरिएको कार्ड वडाले राखेको स्क्यान मेसिनमा राखेपछि त्यहाँ लेखिएका सम्पूर्ण विवरण प्रष्ट देखिने वडाध्यक्ष लामाले जानकारी दिए । स्मार्ट परिचय पत्र लागू भएमा २ दिन लाग्ने काम ५ मिनेटमै हुने वडाध्यक्ष लामाले दाबी गरे ।

    कुनै सिफारिस लिनु प¥यो भने वडाबासीले अहिले नेपाली कागजमा निवेदन लेख्नुपर्ने, अनि ढड्डा पल्टाएर विवरण हेर्नुपर्ने, त्यसपछि कर्मचारी हुँदै तोक लगाउनका लागि वडाध्यक्ष भेट्दासम्म २ दिन बित्छ, तर स्मार्ट परिचय पत्र लिने वडाबासीले उक्त परिचय पत्र लिएर आएको खण्डमा स्क्यान मेसिनमा स्मार्ट परिचय पत्र राखेपछि चाहिएको सुविधा तुरुन्तै लिन सकिन्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.