• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुदै

  •      /२६ माघ २०७४, शुक्रबार ०६:०३ ,  प्रकाशीत
  • पोखरा । पोखरामा टिभिएस आरटिआर राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता २०७४ हुने भएको छ । फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
    कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने दोस्रो पोखराराष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बारे जनाकारी दिंदै संयोजक नारायण प्रसाद शर्माले प्रतियोगितामा ४० वर्ष भन्दा माथीका खेलाडी सहभागिता हुने बताए। संयोजक शर्माले नयाँ खेलाडीलाइ खेल प्रति उत्साह जगाउन पूर्व खेलाडीहरुको प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेल मार्फत स्वस्थ्य रहन र खेलाडीहरु वीच आपसी मित्रता, सामुहिक भावनाका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन उदेस्यले प्रतियोगिता आयोजनागरीएको बताए। प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ।
    पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले पूर्व खेलाडीको पर्दशनले नयाँ पुस्ताका खेलाडीमा उत्साह जाग्ने बताए । उनले पोखराको भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण रहने पिपिपि मोडलमा स्विमिङ पूल निर्माणका लागि डिपिआर तयार गर्न ढिलाई भएको बताए ।
    प्रतियोगितामा काठमाडौ बाट तीन टिम, रुपन्देही, तनहुँ, स्याङजा, पर्वत, धरान जिल्ला बाट एक–एक टिम र आयोजक टिम कास्की बाट ४ वटा टिमको सहभागिता रहनेछ ।
    बतास ब्रदर्श प्रालीको मुख्य प्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको सह प्रायोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न ९ लाख ३० हजार खर्च लाग्ने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले बताए ।
    प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट हुने खेलाडीलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न नारायण प्रसाद शर्माको संयोजकत्वमा १५ सदस्यिय आयोजक समिती गठन गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.