किशोरीलाई बलात्कार गरेको आरोपमा पोखराबाट एक युवक पक्राउ
/१३ मंसिर २०७५, बिहीबार ०६:२२ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले एक ब्याक्तीलाइ पक्राउ गरेको छ। माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा सुतिरहेको कोठामा पसेर १४ बर्षिया किशोरीमाथी बलात्कार गरेको अभियोगमा बगरका २५ बर्षिय सुरज गुरुङ पक्राउ परेका हुन्।
शनिबार पोखराको सिम्पानीबाट लाहाचोक जानको लागि किशोरी ना ५ ख ८८३६ नम्वरको गाडी चढेकी थिइन्।तर, उनी लाहाचोकमा नझरी गाडीमा ल्वाङ पुगिन।
ल्वाङ पुगेको थाहापाएपछि किशोरीले आफु लाहाचोक झर्नु पर्ने बताइन तर रात परिसकेकोले किशोरी फर्किने समय थिएन । सुरजले ति किशोरीलाई आफुहरु बस्ने ठाउँको ल्वाङको ६ नम्बर होम स्टेमा बस्न लगाए। उनी त्यहीँ बास बसिन् ।
राती सुरज किशोरीको कोठामा गएमा पसेर उनलाई डरधम्की देखाएर जर्वजस्ती गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउगरी आवस्यक अनुशन्धान गरिरहेको जनाएको छ।
भोलिपल्ट सोही गाडीमा चढेर किशोरी घरमा पुगेपछि झोक्राउने र टोलाउने गरेपछि परिवारले सोधेखोज गर्दा उनले घटनाबारे बताएपछि आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी गरेका थिए।
परिवारले किटानी जाहेरी दिएपछि सुरजलाई मंगलबार राती १० बजे पिएन क्यापसको माथिल्लो गेटबाट प्रहरीले पक्राउ गरिएको हो । अनुसन्धानपछि मात्रै घटनाको पूरा विवरण आउने कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Related