• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बालकको -बुबा अस्पताल गएपछि चकलेट दिएर फकाएर हत्या गरेको ‘अपहरणकारीको बयान

  •      /१३ मंसिर २०७५, बिहीबार १३:४८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडौं-गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो ।

    स्याङ्जा घर भएका एेसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।

    ‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’

    पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

    प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए । तर, सुरुदेखि नै उनले ‘मन लगाएर’ काम गरेका थिएनन् ।

    राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला उनलाई झपार्ने गरेका थिए । कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा एेसकेले भनेका छन्, ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेका थिए ।’

    उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । ‘रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर फकाएर लगेँ’, उनले भनेका छन्
    अनलाइन खबर बाट साभार।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.