कृष्ण अन्जान ज्ञवली लामाचौर ।लामो समय लामाचौरमा रहेको गण्डकी बोर्डिग स्कुलमा जागिरे रहेका गोविन्द अधिकारी यतिवेला आफ्नै भैँसी गोठमा व्यस्त छन ।पोखरा १९ लामाचौर ज्यामिरेमा रहेको उनको कैलाश कृषि फार्म र त्यस भित्र रहरको भैँसी फार्म हेर्न लायक छ ।
जागिरे जीवन पछि उनले केही गरौँ भनेर करिव ५० लाखको लागतमा यो फार्म शुरुवात गरेका हुन ।यो फार्म भित्र अहिले १२ वटा लैना भैँसी छन र दैनिक १सय लिटर दूध उनको यो फार्म वाट बिक्री हुने गरेको छ।
मेरो भैँसी फार्मको दूध लामाचौरमा खपत हुन्छ बाहिर जान पर्दैन गोविन्दले भने ।उनले भैँसी फार्मवाट प्रति लिटर एक सयका दरले बजारमा दूध पुर्याउँछन र दैनिक दस हजार भन्दा बढि कमाउँछन ।
त्यसो त भैँसीको दाना घाँस कामदारका लागि खर्च पनि उत्तिनै लाग्छ ।उनको दैनिक छ हजार भन्दा वढि खर्च पनि हुन्छ तर पनि मासिक राम्रै आम्दानी हुने गरेको छ ।
लामाचौर तिर घाँसको दुख छ घाँसका लागि उनले अलि माथि छ रोपनि जग्गामा घाँसको खेति समेत गरेका छन ।उन्नत जातका भैँसीहरु पालन गरको उनी लामाचौर क्षेत्रकै सफल भैँसीपालक कृषक मानिन्छन ।
कृष्ण अन्जान ज्ञवली
लामाचौर ।लामो समय लामाचौरमा रहेको गण्डकी बोर्डिग स्कुलमा जागिरे रहेका गोविन्द अधिकारी यतिवेला आफ्नै भैँसी गोठमा व्यस्त छन ।पोखरा १९ लामाचौर ज्यामिरेमा रहेको उनको कैलाश कृषि फार्म र त्यस भित्र रहरको भैँसी फार्म हेर्न लायक छ ।

Related