पाेखराबाट गाेरखा भ्रमण गएकाे स्कुल बसकाे ठक्करले वालककाे मृत्यु
/१४ मंसिर २०७५, शुक्रबार १२:१० , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पोखरा / पोखराबाट शैक्षिक भ्रमणको लागि गोरखा गएको बसको ठक्करबाट गोरखामा एक विद्यार्थीको मृत्यु भएको छ।
पोखराको ताराकुञ्ज बोडिङ स्कुलका विद्यार्थी लिएर गोरखा भ्रमणका लागि गएको ग १ ख ६३९६ नम्बरको बसको ठक्करले गोरखा नगरपालिका १२ को १० किलोमा बस्ने प्रिन्स थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख दायाराम पौडेलले जानकारी दिए।
सेन्ट जोसेफ कक्षा सातमा पढ्ने नौ वर्षीय थापा विद्यालयबाट घर फर्कँदै थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related