• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दिगो विकास र समृद्धिका लागि निजि क्षेत्र सँग सहकार्य ; मन्त्री लम्साल

  •      /१५ मंसिर २०७५, शनिबार ०९:२१ ,  प्रकाशीत
  • माधब पराजुली
    पोखरा/गण्डकी प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले दिगो विकास र समृद्धिका लागि निजि क्षेत्र सँगको सहकार्यमा अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।

    शनिवार जेसिज लेखनाथको २१ औँ बार्षिक साधारण सभा तथा २० औँ शाखाको उद्घाटन गर्दै उनले चुनौतीलाई अवसरका रूपमा ग्रहण गर्दै दिगो विकास र समृद्धिको लागि हरेक क्षेत्र लागी पर्नुपर्ने बेला आएको बताए ।

    “हिजो हामि बिभिन्न काल खण्डका लडाई लडेउ, अब हामी विकास र समृद्धि सँग लड्नुपर्ने बेला आएको छ मन्त्री लम्सालले भने”समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षा,पर्छौटेपन जस्ता समस्याको समाधान गर्न सकिन्छ ।

    उनले नेपाली जनताले अधिकारको भन्दा पनि विकासको कुरा बढी सोचेकाले अहिँलेको सरकारलाई काम नगर्ने छुट कदापी नरहेकाले निजि क्षेत्र सँग सहकार्य गरेरै भएपनि जनताले स्पष्ट देख्ने गरि काम गर्नुपर्ने बताए ।

    मुख्य चरणहरू पार गर्दै देश विकास र समृद्धि को युगमा प्रवेश गरेको बताउदै मन्त्री लम्सालले उद्योग,पर्यटन र कृषिको उचित प्रवद्र्धनले समृद्धिका पाइला अघि बढाउन मद्दत गर्ने औल्याए ।

    मन्त्री लम्सालले हरेक चिजहरुको प्रस्सत सम्भावना रहेको देशका लागी प्रबिधि युक्त शिक्षा आवश्यक रहेको उल्लेख गर्दै सीपयुक्त र प्रविधि हितको शिक्षाले वेरोजगारी अन्त्यगर्नुका साथै देशको आर्थिक सामाजिक विकासमा दिर्घकालीन टेवा पुग्ने धारणा राखे ।

    मन्त्री लम्सालले बिगतमा गरिदै आएका हरेक काम,तौल,तरिकालाई परिर्वतन गर्न आवश्यक रहेको बताउदै नयाँ ढँग बाट अगाडी बढ्नुपर्ने बताए ।

    जेसीजमा आवद्ध यूवाहरु प्रति लक्षित गर्दै मन्त्री लम्सालले देशको विकासमा युवाहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै समाज र देशको लागि आवश्यक परेको खण्डमा युवाहरुले जस्तो सुकै कदम चाल्न पनि तमतयार हुनुपर्नेमा जोड दिए ।

    सामाजिक रुपान्तरण र देश विकासको लागि युवाहरुले लगनशिलता,कर्तव्यपरायणता र पारदर्शिता जस्ता मुल मर्म लाई आत्मासाथ गर्नुपर्नेमा जोड दिए ।

    उनले जेसीजले विधिको शासनको महत्व, लोकतान्त्रिक व्यवस्थाप्रति युवाहरुलाई गोलवद्ध गराउने काम गरेको चर्चा गर्दै जेसिजले नेत्तृत्व र व्यक्तित्व विकास विधिको शासनका लागी युवाहरुलाई जुन तालिम र प्रशिक्षण प्रदान गर्छ । त्यो सिप सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु समेत लनुपर्नेमा जोड दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.