• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बीर गोर्खालीको इतिहास जीवन्त राख्दै पोखराको गोर्खा मेमोरियल संग्रहालय

  •      /१५ मंसिर २०७५, शनिबार १३:४२ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । पोखरा घुम्न आउंदा विर गोर्खालीहरुले विश्वका विभिन्न ठाउंमा लडेका युद्धका सम्झनालाइ सजाइएको ऐतिहासीक गोर्खा मेमोरियल संग्रहालयमा पुगिएन भने पोखरा घुमाइमा केहि सम्झना योग्य स्थल छुटेको अनुभुति अवस्य हुनेछ ।

    वीर गोर्खाली सेनाका सम्झनाहरुलाइ संग्रहित गर्दै उनिहरुलले युद्धमा देखाएको विरता ,लडाइमा प्रयोग गरेका हात हतियार ,लत्ता कपडा ,युद्धमा प्रयोग भएका सञ्चार उपकरणहरु लगाएतका तस्वीरहरु यस संग्रहालयमा संग्रहीत गरिएको छ ।

    यो संग्रहालय स्थापना पहिलो पटक सन १९९६मा काठमाण्डौमा क्याटेन एक नारायण गुरुङको पहलमा भयो तर, यो संग्रहालयको उपादेयता काठमाण्डौमा भन्दा वढि पोखरामा भएकाले सन २००१मा पोखरामा स्थानान्तरण गरिएको म्युजियमका व्यवस्थापक ठग वहादुर गुरुंगले वताए ।

    सन २००४ देखि पोखराको ऐतिहासिक केआइ सिंह पुल नजिकै व्रिटिस क्यम्पको जग्गा भाडामा लिएर भुतपुर्वगोर्खा सैनिकको पहलमा भवन निर्माण शुरु भएयो।

    केही समयपछि संग्रहालय सन २००८मा आइपुग्दा आफ्नो तिनतले सुविधा सम्पन्न भवनमा गोर्खा सैनिकका यादहरmलाइ सम्हालेर राखेको छ /
    म्युजियम भित्र पुगे पछि विर गोर्खाली सेनाले देखाएका युद्धकौशलता संगै उनिहरुले प्रयोग गरेका युद्धका सामाग्रीले लाग्छ कतै यो कथा त होइन ।

    हो यो भावी पुस्ताका लागि कथा वन्न सक्छ तर भावी पुस्तालाइ समेत उनिहरुका पुर्खाले गरेका यि विरता पुर्ण सम्झनालाइ यो संग्राहलयले ताजा वनाउने छ।

    सन १८१५ देखि गोर्खा रेजिमेन्टको स्थापना संगै गोर्खा भर्ती शुरुवात भएको मानिन्छ ।यतिवेला देखि गोर्खाहरुले विभन्न देशका लागि वहादुरी पुर्वक युद्ध लडे र संसार भरि उनिहरुको विरताको ठुलो बखान हुन थाल्यो।

    त्यहि विरताको इतिहास र सम्झनालाइ यो संग्रहालय भित्र संग्रहित गरिएको छ ताकि भोलीका सन्ततिले आफ्ना पुर्खाको इतिहास यहि संग्रहालयवाट खोज्न सकुन ।

    अर्को कुरा भावि दिनमा गोर्खा भर्ति मात्र अतित वन्दा गोरखाको विरताको गाथालाइ जीवन्त राख्नका लागि पनि यो गोर्खा मेमोरियल संग्रहालय स्थापनाको उद्धेस्य भएको व्यपस्थापक पुनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.