• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लामाचाैरकाे एेतिहासिक ठूलीपाेखरीमा डुँगा चल्याे

  •      /१७ मंसिर २०७५, सोमबार ०३:४१ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली

    लामाचाैर /पाेखरा महानगर पालिका वडा न १९ मा रहेकाे एेतिहासिक ठूली पाेखरीमा अाज देखि डुँगा सन्चालन गरिएकाे छ । ठूलीपाेखरी सँरक्षण विकास सँस्थाले करिव १ लाखकाे लागतमा डुँगा सन्चालनमा ल्याएकाे सँस्थाका अध्यक्ष नरेन्द्र थापाले बताए ।

    केही समय देखि ठूली पाेखरी सँरक्षणमा जुटेकाे विकास सँस्थाले एउटा डुँगा र १० वटा लाइफ ज्याकेटकाे व्यवस्था गरि डुँगा सन्चालन गरेकाे र ट्रायलकाे रुपमा रहेकाे डुँगा समितीकाे बैठक पछि शुल्क लिएर चलाइने सँस्थाका सचिव सविन जिशिले बताए । परिक्षणकाे रुपमा अहिले एउटा मात्र डुँगा चलाइएकाे र अावस्यकता हेरि अरु डुँगा सन्चालन गरिने सँस्थाले जनाएकाे छ ।

    केही दिन भित्रै ठूलीपाेखरीमा लाइटिँगकाे व्यवस्था गरि रातिमा पनि डुँगा शएर गर्न सक्ने बाताबरण मिलाइने र याे कार्यकालागि ३५ लाख बजेट बिनियाेजन भएकाे वडा न १९ का बडाध्यक्ष शाेभामाेहन पाैडेलले जानकारी दिए ।ठूली पाेखरीकाे विचमा गत स्रावनमा जलेश्वर मन्दिरकाे स्थापना गरि पुजा पाठ गरिदै अाएकाे छ ।

    करिब ५ राेपनी क्षेत्रफलमा फैलिएकाे याे पुरानाे पाेखरीलाइ लामाचाैर वासिने हालै मात्र पुनर्निर्माण गरेका हुन ।केही सरकारी र केही स्थानियले चन्दा ऊठाएर करिव कराेडका लागतमा पुनर्निर्माण गरिएकाे याे पाेखरीले पर्यटकलाइ लामाचाैरमा तान्ने अाशा गर्छन ठूलीपाेखरि सँरक्षण समितिका अध्यक्ष नरेन्द्र थापा ।

    कास्कीका राजा कुलमण्डन शाहले खनाएकाे याे पाेखरी त्यतिवेला याे क्षेत्रका वासिन्द का लागि पानीकाे त्यस्ताे स्राेत थियाे कि यहि पानी नुहाउने लुगा धुने पशुलाइ खुवाउने काम हुन्थ्याे ।

    राजा कुलमण्डन शाहले पाेखरीमात्र खनाएनन  त्यति बेला भाेटि खाेलाबाट कुलाे खनाएर पानी पाेखरीमा खसाए र अहिले पनि अध्यावधिक रुपमा त्याे कुलाे छ र त्यहि राज कुलाेकाे पानीले लामाचाैरकाे फलाएँ फाँटमा सिचाँइ हुन्छ र त्यहि भाेटि खाेलाकाे पानीले लामाचाैर वासिकाे घाँटी भिजाउँ छ ।

    करिव २ शताब्दि अगाडिकाे ईतिहास बाेक्ने ठुलिपाेखरीकाे याे सँरक्षण हुनु लामाचाैरकाे लागि गाैरवका विषय बनेकाे छ ।

    ठुलि पाेखरी सँरक्षण पछि रमणिय बनेकाे छ /सँरक्षित पाेखरी र विचमा मन्दिर बनाइएकाे र जलेश्वर महादेवकाे नामबाट शिवलिँग प्रतिष्थापन गरिएकाे छ/ जसकाे कारण मन्दिरकाे साैन्दर्य झनै बढेकाे छ ।दैनिक विहान साँझ पुजा पाठ भजनकिर्तनले उक्त क्षेत्रमा धार्मिकतामा पनि बढावा मिलेकाे छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.