• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सुकम्वासी बस्तीको जग्गा केही ब्याक्तीले आफ्नो भन्दै दावी गरेपछि पोखरा रातमालेका सुकम्वासीहरुमा छटपटी

  •      /१८ मंसिर २०७५, मंगलवार १५:३८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। बिभिन्न समयमा राज्यले सुकुम्वासीहरुको लागि ब्यबस्थापन गर्न या लालपुर्जा उपलब्ध गराउन भन्दै आयोगहरु निर्माण गरेपनि सुकुम्वासीहरुको समस्या समाधान भएको छैन ।

    पोखरा महानगरपालिका वडा नं १४मा रहेको रातमाटे डाँडामा रहेका ८१ घरपरिवारका सुकुम्वासीलाई पनि राज्यले सुकुम्वासी परिचयपत्र बितरण गरि उनिहरुको हालबसोबास क्षेत्रको पनि सुचिकृत गरेपनि अहिले केही ब्याक्तिहरुले आफ्नो जग्गा भएको दावि गर्दे बस्ती हटाउने प्रयास गरेपछि समस्यामा परेका छन ।

    राज्यले बसोबास किटानी सहित सुकुम्वासी आयोग मार्फत उनिहरुलाई सो क्षेत्रमा बसोबास गर्न अनुमति दिईसकेको अबस्थामा केही ब्याक्तिले जग्गा ओगट्ने मनसायले आफुहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्बजनिक रुपमा जिवन सुरक्षा तथा गाँस,बासको ब्यबस्था गर्न आग्रह गरेका हुन ।

    बिगत २५ बर्ष देखि बसोबास गर्दे आएका सुकुम्वासीहरु राज्यले सुकुम्वासी बर्गिकरण गरि हामि ८१ घरपरिबारलाई यही क्षेत्रमा बसोबास गरेका आधारमा सुकुम्वासी परिचयपत्र बितरण गरिसकेको छ । बिषेशगरि केही मुस्लीम समुदायका मानिसहरुले आफ्नो जग्गा भएको दावि गरेको सो बस्तीका टोल बिकास सस्थाका अध्यक्ष राजु नेपालीले जानकारी दिए ।

    जसले आफ्नो जग्गाको दावि गरेका छन उनिहरुले पनि जग्गाको आबस्यक प्रमाण भने आफुहरु संग देखाउन नसकेकोले उनिहरु जग्गा हडपप्न उद्धत रहेको उनले आशंका ब्यक्त गरे । २५ बर्ष सम्मा आफ्नो जग्गा हो भने किन खोजि गरिएन ? नेपालीले प्रतिप्रश्न गरे ।

    अहिले आएर राज्य प्रणाली संक्रमणमै भएको अबस्थामा जग्गा हडप्नकै निम्ती सुकुम्वासीहरु प्रति अन्याय गरिएको अखिल नेपाल सुकुम्वासी संघका प्रदेश संयोजक अर्जुन मल्लले बताए ।

    राज्यको बर्गिकरणमा परेका वा सुचिकृत भएका सुकुम्वासीहरु बस्दै आएको अबस्थामा निहित स्वार्थका भरमा केही अराजक जत्थाले बिना आधार, बिनाप्रमाण बस्तीमा प्रबेश गनर्,े धम्काउने,ज्यानमार्ने धम्की दिने वा राज्य आफ्नो नियन्त्रणमा भएको भन्दै राज्यको समेत दुरुपयोग गरि मनौबैज्ञानिक हिसावले कमजोर बनाउन प्रयास गर्ने काम भएको सुकुम्वासी संघको जिल्ला अध्यक्ष हर्कमान बिकले जानकारी दिए ।

    कम्युनिष्ट सरकार आएको बेला सुकुम्वासी ब्यबस्थापन गर्नुपर्नेमा उल्टै बस्तीाबट हटाउने कुरा सोच्न नसकीने र आफुहरु अन्तीम परे देशभरका सुकुम्वासी जम्मा गरेर भएपनि न्यायको पक्षमा लड्ने सुकुम्वासी संघका कास्की जिल्ला सचिव ओम बहादुर पौडेलले चेतावनी दिए । सो क्षेत्रमा केही ब्याक्तिहरुले अनाधिकृत रुपमा टहराहरु र्निमाण सुरु गरेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.