शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । गण्डकी प्रदेशले लोकसेवा आयोग गठन गर्ने भएको छ । कर्मचारी अभावको गुनासो गर्दै आएको गण्डकी प्रदेशले आफैं कर्मचारी भर्ना, सरुवा, बढुवालगायत गर्न प्रदेश लोकसेवा आयोग गठन तयारी गरेको हो ।
बुधबार बसेको मन्त्री परिषदको बैठकले लोकसेवा आयोग गठनको सम्बन्धमा स्वीकृति दिएको छ । यसको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लागेको थियो ।
‘प्रदेश लोकसेवा आयोगको लागि कानुन तर्जुमाको लागि सैद्धान्तिक स्वीकृती दिइयो,’ बैठक पछि सरकारका प्रवत्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘यो चाहीँ नेपालको संविधानको धारा २४४ अनुरुप प्रत्येक प्रदेशले लोकसेवा आयोग गठन गर्न सक्ने भनेर उल्लेख भएअनुसार हामीले पनि प्रक्रिया अघि बढाएका हौँ ।’
यस आयोगले कर्मचारी भर्ना, छनोट तथा पदपूर्ती, बढुवा गर्न सक्ने लगायतका अधिकार पाउने प्रवक्ता बस्नेतले जानकारी दिए ।

Related