• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङ-पञ्चकोट केवलकार निर्माण हुने

  •      /२० मंसिर २०७५, बिहीबार १५:१० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    बागलुङ । बागलुङ पञ्चकोट आउने पर्यटकलाई लक्षित गरी केवलकार निर्माण गरिने भएको छ। स्वामी कमलयनयनाचार्यको अगुवाईमा विभिन्न धार्मिक भौतिक संरचनाहरु निर्माण भइरहेको पञ्चकोटमा आउने पर्यटकहरुलाई लक्षित गरी केवलकार निर्माणको प्रक्रिया सुरु गरिएको हो ।

    बागलुङका केही व्यवसायीहरुको अगुवाईमा सर्वसिद्धिधाम पञ्चकोट केवलकार प्रा.लि. स्थापना गरी केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रा.लि.का सञ्चालक दयाराम पौडेलले जानकारी दिए ।

    बागलुङ सदरमुकामदेखि नजिकै रहेको मालढुङ्गा हुँदै मुस्ताङ यात्रामा निस्कनेहरुको भिडलाई बागलुङमा आकर्षित गर्नका लागि केवलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको पौडेलको भनाई छ ।

    करिब ५० करोड रुपियाँ लागत अनुमान गरिएको उक्त केवलकार निर्माणको प्राविधिक सम्भाव्ता अध्ययन भइसकेपछि कम्पनी दर्ता, विभिन्न मन्त्रालयहरुको अनुमती प्राप्त गरी हाल आफ्नो आशयपत्र बागलुङ नगरपालिकामा पेश गरिएको पौडेलको भनाई छ ।

    बागलुङ नगरपालिका वडा नं. ४ स्थित दावगरा नजिकै तल्लो स्टेशन र पञ्चकोटमा माथिल्लो स्टेशन निर्माण गर्ने गरी प्राविधिक सर्वेक्षण गरिएको छ । बागलुङ बजार नजिकै थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु भएपनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न नसकिएकाले यस्तो अभियान सुरु गरिएको सञ्चालक पौडेलले बताए ।

    ‘हामीले सबै व्यवसायीहरुसँग सरसल्लाह गरेर अगाडि बढेका छौं, बजारमा मानिसको चाप घट्दै जाँदा बजारको व्यवसायमा समेत ठूलो असर गर्ने भएकाले बागलुङ बजारमा मानिसको चाप बृद्धि गर्नका लागि केवलकारको अवधारणा अगाडि बढाइएको हो ।’ पौडेलले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.