• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुस दोस्रो साता देखी प्रथम शुक्लागण्डकी महोत्सव हुने

  •      /२२ मंसिर २०७५, शनिबार १५:४८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    दुलेगाैडा / पुस दोस्रो सातादेखी शुक्लागण्डकीमा प्रथम शुक्लागण्डकी महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी १८ गतेसम्म प्रथम शुक्लागण्डकी महोत्सव गर्ने भएको हो ।

    “व्यापारिक, सांस्कृतिक, कृषि पर्यटकीय विकासको नारा, प्रथम शुक्लागण्डकी महोत्सवको अभिभारा” भन्ने नाराका साथ अायाेजना हुने महाेत्सवकाे शनिवार पत्रकार सम्मेलन मार्फत आयाेजकले जानकारी गराएको हो ।

    समग्र शुक्लागण्डकी क्षेत्रको साँस्कृतिक विविधता संरक्षण गरी आर्थिक तथा सामाजिक विकासका लागी उद्योग, व्यापारको प्रवद्र्धन गर्दै प्राकृतिक, धार्मिक र पुरातात्विक महत्वको प्रचार प्रसार तथा नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सवकाे आयोजना गरिएको दुलेगाैडा इकाईका सभापति राजकुमार वाग्लेले बताए ।

    प्रसिद्ध दोरबाराही मन्दिर, तिनखोलेदेवी मन्दिर,शिद्धेश्वरी मन्दिर, शिव पाञ्चायन मन्दिर, भुलभुले बाराही, फूल बाराही, बाघ भैरव, कालिका मन्दिर, मुक्तिनाथ च्यवनधाम लगायतका धार्मिक स्थल अवलोकन, थप्रेककोट, भुजिकोट, रजस्थल जस्ता ऐतिहासिक स्थल र भुजिकोट भ्यु टावर, सेती नदीको किनार पुल्चोक स्थित रक गार्डेन समेत अवलोकनको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

    दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी एवम् खरिद बिक्री, कृषि उत्पादनको प्रर्दशनी तथा बिक्री, साँस्कृतिक झाकीँ सहितको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, धार्मिक तथा ऐतिहासिक स्थलको पदयात्रा, विद्यालयस्तरीय नृत्य, शुक्लागण्डकी आइडल, बालउद्यान तथा रमाइलो मेला, पुष्प प्रदर्शनी, अटोमोवाइल प्रदर्शनी, लाईभ कन्सर्ट, खुल्ला लोकदोहोरी प्रतियोगिता, स्वास्थ्य शिविर, खेलकुद लगायतका रहेका छन् ।

    महोत्सवमा २ सय स्टल रहने महोत्सवका प्रवक्ता हरि बहादुर खड्काले जानकारी दिए । विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री कक्ष १३३, विभिन्न खानाका १० वट स्टल, कृषि उत्पादनका विक्री तथा प्रदर्शनका १५ वटा, अटो कम्पनीका शोरुम १० वटा, घरेलु उत्पादा तथा हस्ताकलाका १० वटा, सेवामुलक संस्थाका प्रदर्शनी कक्षका १० वटा स्टल अन्य विभिन्न १५ वटा स्टल राखिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.