• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको अध्ययन शुरू

  •      /२३ मंसिर २०७५, आईतवार ०४:५० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पर्वत । कालीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय परियोजनाको काम शुरू भएको छ । ऊर्जा तथा जलस्रोत मन्त्रालयले परियोजनाको प्रारम्भिक अध्ययन थालेको छ । उक्त परियोजनाबाट पर्वत, बागलुङ र गुल्मीका ६ स्थानीय तह लाभान्वित हुनेछन् ।

    अघिल्लो वर्ष पर्वतको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिका, बागलुङको बागलुङ र जैमिनी नगरपालिका तथा गुल्मीको कालीगण्डकी गाउँपालिकाले कालीगण्डकीमा जलाशययुक्त परियोजना निर्माण गर्ने विषयमा केन्द्र सरकारसमक्ष प्रस्ताव गरेका थिए ।

    सोही प्रस्तावअनुसार केन्द्र सरकारले चालू वर्षको बजेट, नीति तथा कार्यक्रममा यो योजनाको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको थियो ।फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले अध्ययनको काम शुरू भइसकेको जानकारी दिए । ‘मन्त्रालयको एक टोली आएर प्रारम्भिक अध्ययन शुरू गरिसकेको छ’, शर्माले भने ।

    उनका अनुसार कालीगण्डकी जलाशययुक्त परियोजनाबाट १ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसका अलवा सिँचाइ र जल यातायात समेत सञ्चालन गर्न सकिने गरी परियोजनाको अवधारणा ल्याइएको हो ।

    अध्ययनका लागि पहिलो चरणमा ५० लाख रुपैयाँ विनियोजन भएको छ । सर्वेक्षणका लागि विद्युत् विकास विभागको एउटा टोलीले गत सातादेखि भौगोलिक अवस्था, विद्युत्गृह, बाँध निर्माण गर्न सकिने स्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेको छ ।टोलीले अध्ययनको प्रतिवेदन मन्त्रालयका बुझाउने तयारी गरेको छ ।

    अध्ययनमा सहभागी इन्जिनीयर रवि नेपालले निर्माणस्थल र भौगर्भिक अवस्थाका बारेमा जानकारी लिएर प्रतिवेदन तयारीमा जुटेको बताए । परियोजनाको ड्याम फलेवास–११ पाङराङको श्रीकाङ अथवा बिहादी–२, बर्राचौरको घुमाउने नजीकै रहनसक्ने जानकारी दिए ।

    कालीगण्डकीमा पर्वतको बिहादी गाउँपालिका–१, बाच्छा र बिहादी तथा बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीको खोंचमा बहाव थुनेर १ सय ४५ मिटर अग्लो बाँध बनाउन सकिने अध्ययन टोलीको भनाइ छ ।

    परियोजना अघि बढेमा पर्वत, बागलुङ र गुल्मीको ठूलो क्षेत्रफलको भूभागमा पर्यटन, सिँचाइ र यातायातका क्षेत्रमा फड्को मार्न सकिने सरोकारवालाको दाबी छ । जलाशयमा कालीगण्डकीको झन्डै ६० किलोमिटर क्षेत्रमा जलयातायात सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।

    कालीगण्डकी १ सय २० देखि २ सय मिटरसम्म गहिरो खोंच बनाएर बगेका कारण त्यो बाँधबाट बन्ने जलाशय ६० किमी माथि मालढुंगासम्म आइपुग्ने अनुमान छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.