नेविसंघ गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको भेला ढोरबाराहीमा
/२३ मंसिर २०७५, आईतवार ०५:१६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
दुलेगौँडा । नेपाल विद्यार्थी संघ गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको भेला तनहुँको शुक्लागण्डकी स्थित ढोरबाराहीमा सम्पन्न भएको छ ।
तनहुँका अध्यक्ष चुडामणी खनाल , स्याङ्जाका अध्यक्ष अजित क्षेत्री ,गोरखाका दुर्गा गुरुङ ,म्याग्दीका भरत रकाल ,बाग्लुङ्गका खड्क थापा, पर्वतका मिलन सुवेदी र नवलपुरका राजेश पौडल भेलामा उपस्थित भए पनि कास्की ,लमजुङ , मनाङ, मुस्ताङको भने उपस्थिति रहेन ।
विद्यार्थी नेताहरुको उक्त भेलाले प्रदेशका सम्पुर्ण जिल्लाहरुमा अधिवेशन गर्ने,विगतमा संगठनमा रहेर संगठन धानेका ३२ बर्षमाथिका अध्यक्षहरुलाई एकपटक अधिवेशनमा सहभागीताको माग सुनिश्चत गर्ने, स्ववियु सभापति र स्ववियु हुने क्याम्पस इकाईका अध्यक्षहरु महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुनु पर्नेमाग राखेका छन ।
त्यसैगरी र प्रदेश महाधिवेशनमा कुनै पनि गुट उपगुटमा नलागी जिल्ला अध्यक्षहरुको रोहबरमा प्रदेश समिति गठन गर्ने लगायतका निर्णयहरु गरिएको नेवि संघ तनहुँका सदस्य सुरज लम्सालले जानकारी दिएका छन् ।

Related