पोखरा । पोखरा महानगरपालिकाअन्तर्गत मणिपाल फूलबारी र भलाम जोड्ने पक्की पुलको निर्माण सम्पन्न भएको छ । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आइतवार उद्घाटन गरे ।
पुलले महानगरका २० विभिन्न स्थानको विकास निर्माणमा टेवा पुग्ने उनले बताए । पुल निर्माणका लागि सरकारले १ करोड ७३ लाख ४२ हजार अनुदान र स्थानीयले १९ लाख २६ हजार बराबरको श्रमदान गरेका थिए ।
यो वर्ष प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत पोखरा महानगरको मणिपाल फूलबारी भलाम, चण्डी देउराली, हरिहर गुफा हुँदै अर्मला जोड्ने पक्की सडक निर्माण गरिने जानकारी बस्नेतले दिए ।
गण्डकी प्रदेशका सांसद बिन्दु थापाले भलामको पुलबाट पोखरा महानगर–२० मा विकासको शुरुआत भएको धारणा राखे । यस्तै, सांसद प्रभा कोइरालाले भलाममा निर्मित पक्की पुलले भलाम र मणिपाल फूलबारी जोड्ने मात्र नभएर आसपासका ग्रामीण भेगमा उत्पादित कृषि उत्पादन बजार पुर्याउन सहज हुने बताइन् ।
उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्रीले छोटो समयमै योजना सम्पन्न भएको जानकारी दिए ।
शुभेच्छा न्यूज संम्वाददाता

Related