• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सफल एक्स्पो पोखराको आज समापन हुदैं, कसले पार्ला बम्पर उपहार हात ?

  •      /२४ मंसिर २०७५, सोमबार ०४:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा, २४ मंसिर । पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको सफल एक्स्पो पोखराको आज (सोमबार) समापन हुँदैछ ।

    मेला समापनको प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ रहने संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । दिउसो २ बजे सुरु हुने औपचारिक समारोहमा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र पोखरा महानगरका मेयर मानबहादुर जिसी विशेष अतिथी रहनेछन् ।

    उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न मेला आयोजना गरिएको हो । औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्य मेलाले लिएको थियो । मेला आफ्नो उद्देश्य अनुरुप सफल भएको आयोजक संस्थाका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।

    मेला सोमबार सकिने भए पनि अन्य दिनका जस्तै साँस्कृतिक कार्यक्रम तथा मेलामा राखिएका स्टलहरु यथावत रहने सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेलाका प्रचारप्रसार संयोजक तथा संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

    मेलामा राखिएको बम्पर उपहार पनि सोमबार नै खोलिने छ । बम्पर उपहार हिरोको ड्युट स्कुटर रहेको छ । मेलाको सुरुको दिनदेखि सोमबार अर्थात मंसिर २४ गते २ बजेसम्म काटिएको टिकटलाई मात्र बम्पर उपहारमा सामेल गरिने संघले जनाएको छ ।

    मेला अन्तर्गत प्रवेश टिकटमा माउण्टेन हक एयर स्पोर्टस् क्लवसँगको सहकार्यमा राखिएको प्याराग्लाइडिङ उडानको उपहार ४० रुपैयाँतर्फको ८८० नम्बर तथा ८३२ नम्बरलाई प्राप्त भएको छ । यसैगरी पोखरा अल्ट्रालाइट प्रालिसँगको सौजन्यमा राखिएको अल्ट्रालाइट उडान उपहार ६० तर्फको टिकट नम्बर ११३७० लाई प्राप्त भएको छ ।

    मेला अन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कूल पहिलो भएको छ । प्रतियोगितामा कुमुृदिनी होम्स दोस्रो र जुनियर सिटिजन्स स्कूलले तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा बेसलाइन, कास्की मोर्डनाइज्ड र मेरिगोल्ड माविले सान्त्वना स्थान प्राप्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.