• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजाका दुइ गाउँ पालिकाको कृषिजन्य उत्पादन पोखरामा

  •      /२४ मंसिर २०७५, सोमबार १३:३९ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । स्याङजाका दुइ गाउँपालिकाहरुका कृषकहरुले स्थानीयरुपमा उत्पादन गरेको फलफुल र तरकारी बिक्रिवितरण गर्नको लागि पोखरामा संकलन तथा विक्री केन्द्र खोलिएको छ ।

    स्याङजाका आँधिखोला र फेदिखोला गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको फलफुल एवं तरकारी लाई सहजरुमा बजारमा बिक्रिवितरण गर्नको लागि गाउँपालिकाको अगुवाईमा पोखराको बिरौंटामा विक्री केन्द्र खोलिएको हो ।

    स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफुलाई बजार सम्म पु¥याएर कृषकहरुको जीवनस्तरमा पतिवर्तन ल्याउने उदेस्यले गाउँपालिकाको अगुवाईमा केन्द्रको स्थापना गरिएको हो।

    बिक्रि केन्द्रको गण्डकी प्रदेशका कृषि भुुुमि व्यवस्था मन्त्री लेख बहादुर थापाले उद्घाटन गरे । उनले प्रदेश सरकारले कृषि क्षेत्रको सुदृढीकरण करणमा योजना बनाएर अगाडि बढिरहेको बताए ।

    ‘हरेक स्थानिय निकाएमा तरकारी तथा फलपुल सँकलन केन्द्र र कृषि हाटबजारको व्यवस्था गर्न सरकार लागि परेको छ’ मन्त्री थापाले भने। ‘सरकारले आफ्नो घोषित योजना अनुसार निर्वाचन क्षेत्र र गाउँपालिकहरुमा संकलन केन्द्र तथा हाटबजार स्थापना गर्ने छ।’

    मन्त्री थापाले कृषिमा आधुनिककरण आजको आवस्यकता भएको बताउँदै कृषकका उत्पादनहरुले उचित बजार र मूल्य पाउनु पर्ने धारणा राखे ।

    गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्माले गण्डकी प्रदेशको कृषि क्षेत्र र उत्पादनको अवस्था सन्तोष जनक नरहेको बताए । शर्माले यहाँको २४ प्रतिसत जमिनमा बाँझै रहेको कृषिमा आधुनिकिकरण नभएको र यसका लगि प्रदेश सरकारले नीति बनाएरै अगाडि बढ्नु पर्ने बताए।

    आधिखोला गाउँ पालिकाका प्रमुख सुधिर पौडेलले किसानलाई बिचौलियादेखि बचाउन र उपभोक्ता समक्ष कृषि उत्पादन सिधै पुर्याउन कृषि उपज सँकलन केन्द्रका स्थापना गरिएको बताए ।

    ‘संकलन केन्द्रको सञ्चालन संगैं कृषक र उपभोक्ताले उचित मुल्यमा स्थानिय उत्पादनको उपभोग गर्न पाउने छन’ उलने भने। ‘स्थानियरुपमा उत्पादिन कृषिजन्य उत्पादनको बजारी करण संगै कृषकहरुको जीवनस्तरमा परिबर्तन ल्याउन मदत पु¥याउनले छ।’

    फेदिखोला गाऊँपालिकाका प्रमुख घनस्याम सुवेदिले गाउँ घरमा उत्पादन गरिएका कृषि उपज बजारिकरणमा यो कृषि उपज केन्द्र कोशेढुँगा सावित हुने धारणा राखेका थिए ।

    आँधिखोला र फेदिखोलामा उत्पादन गरिएका कृषिजन्य बस्तुहरु आँधिखोलाको सेतिदोभन र फेदि खोलाको सर्केटारीमा सँकलन गरि पोखरा ल्याइने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.