• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कक्षा ११ नतिजा प्रति असन्तुष्टि विद्यार्थी आन्दोलित, ५ वटा विद्यार्थी संघठनले गर्यो समर्थन

  •      /२४ मंसिर २०७५, सोमबार १५:१९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा / उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै पोखरामा क्रियासिल ५ वटा विद्यार्थी संघठनले कक्षा ११ का विद्यार्थीको आन्दोलनमा सर्मथन गर्दै सोमबार देखी रिले अनसन शुरु गरेका छन् । ।

    कक्षा ११ का विद्यार्थीहरुले राखेको माग पुरा नभए पछि आफुहरु समेत आन्दोलनमा आएको अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले बताए ।उनले विद्यार्थीका मागहरु पुरा नभए सम्म आफुहरु आन्दोनमा निरत्नरता दिने बताए । सोमबार विहान ११ बजे देखी १० जना विद्यार्थीहरु रिले अनसनमा बसेका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही गरेको भन्दौ कक्षा ११ का विद्यार्थीहरु आन्दोलनमा निरन्तर उत्रेका थिए । नतिजा प्रति असन्तुष्ट जनाउँदै रिटोटलिङ गर्दा रिटोटलिङमा समेत लापारबाही भएको विद्यार्थीले आरोप लगाएका छन् ।

    रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले सुनाए ।परीक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर लगायतका राम्रा विद्यार्थीको रिजल्ट नै बिग्रेको विद्यार्थीको भनाई छ ।

    रिटोटलिङको नतिजा प्रति पनि असन्तुष्ट जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय जना विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।

    कास्कीका विद्यार्थी नतिजा प्रकाशनको भोलिपल्ट २१ गते देखि नै परीक्षा बोर्ड कार्यालय पोखरा लगायतका शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.