• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाले थाल्यो न्ययका लागि इजलास,के सहजरुपमा पाउलान् त सर्वसाधारणले न्याय ?

  •      /२५ मंसिर २०७५, मंगलवार ०५:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता

    पोखरा। पोखरा महानगरपालिकामा इजलास सुरु भएको छ । महानगरको न्यायिक समितिले सोमबारदेखि इजलासबाटै मुद्दाको आदेश र सुनुवाइको थालनी गरेको छ । यस अघि न्यायिक समितिकी संयोजक एवं उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो कार्यकक्ष प्रयोग गदै आएकी थिइन् ।

    सम्वन्ध विच्छेद सम्वन्धि न्यायिक समितिमा छलफल भैरहेको विवादको विषयलाई अदातल पठाउने आदेश न्यायिक समिति संयोजक गुरुङले दिएसंगै महागनरमा इजलास संचालन सुरु भएको .हो ।

    संयोजक गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, किशोर बराल, महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत यमलाल अधिकारी, न्यायिक समिति अन्र्तगत रहेका उजुरी प्रशासक नारायणप्रसाद शर्मा, अभिलेख प्रशासक राममणी अधिकारी सहितको उपस्थितिमा इजलास सुरु भएको हो ।

    महानगरमा न्यायिक समिति गठन भएको डेढ वर्षपछि इजलासबाट पहिलो पटक सवम्वन्ध विच्छेदको विवादमा आदेश भएको हो । महानगरको न्यायिक समितिले उजुरी प्रशासकमा नारायणप्रसाद शर्मा र अभिलेख प्रशासकमा राममणी अधिकारीलाई तोकेको छ ।

    ‘छुट्टै इजलास नहुँदा समितिका सबै काम मेरै कार्यकक्षमा बसेर गर्नु परेको थियो’, संयोजक गुरुङले भनिन्, ‘अव इजलासबाटै आदेश र सुनुवाई हुन्छ ।’ इजलास संचालनमा आएसंगै अव विवादका पक्ष र विपक्षका कुरा सुन्ने र सुनुवाई गर्ने काम यहीबाट हुन्छ संयोजक गुरुङले भनिन्, ‘इजलास सुरु भएकाले न्यायिक समितिको काम अव तिव्र गतिमा अगाडी बढछ ।’

    स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ ।समितिले देवानी प्रकृतिका मुद्दा निरूपण गर्ने अधिकार पाएको छ ।

    मुद्दामा मेलमिलाप गराउने नभए मात्र अदालत पठाउने गरिएको संयोजक गुरुङले बताइन् । ‘दुवै पक्षसँग छलफल गरी मुद्दा मिलाउने गरेका छौ’, उनले भनिन, ‘जग्गा, बाटो विवाद, घरेलु हिंसालगायत सम्वन्ध विच्छेक्षका मुद्दा समितिमा परेका छन्।’

    इजालस सुरु गरेको महानगरले अव वडा वडामा मेलमिलापक केन्द्र स्थापना गर्ने तयारी गरेको छ । समितिले पुस १ गते वडा नम्वर सातमा पहिलो मेलमिलाप केन्द्र स्थापना गर्ने र त्यसपछि अन्य वडामा केन्द्र स्थापना गरिने न्यायीक समिति सदस्य किशोर बरालले जानकारी दिए ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.