• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सर्वसम्मत

  •      /२७ मंसिर २०७५, बिहीबार ०६:०० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा। संवैधानिक परिषदले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस गरेको छ। बिहीबार बिहान बसेको परिषद् बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको हो।

    प्रधानन्यायाधीशमा दीपकराज जोशी र जबरा प्रतिस्पर्धी थिए। जोशी भने यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेका थिए।

    चार पटकसम्मको बैठक स्थगितपछि जबराको नाम सिफारिस गरिएको हो। जबराको कार्यकाल चार वर्षको हुनेछ।
    संवैधानिक परिषदको पत्राचार अनुसार संसदीय समितिले उनीमाथि प्रारम्भिक रूपमा उजुरी आह्वान गर्नेछ। दश दिनको समयपछि प्राप्त उजुरी अध्ययन गरी समितिले उनलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ।

    समितिले दुई तिहाइले अस्वीकृत नगरेमा वा सुनुवाइ सुरु भएको ४५ दिनसम्म कुनै निष्कर्ष समितिले दिन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था छ।

    प्रस्तावित प्रधानन्यायाधीश जबरा ठूलो विवादबीच सर्वोच्च प्रवेश गरेका थिए। तत्कालीन सुनुवाइको कार्यविधि अनुसार उनी बहुमतीय प्रक्रियाबाट न्यायाधीश सिफारिस भएका थिए।

    हालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले राणाको विपक्षमा मतदान गरेको थियो। तत्कालीन एमाले र माओवादीले विपक्षमा मतदान गरे पनि काँग्रेस उनको पक्षमा उभिएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.