• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

११ महीनामा १० लाखभन्दा बढि पर्यटकले नेपाल भ्रमण

  •      /२८ मंसिर २०७५, शुक्रबार ०४:५३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ महीनामा १० लाख नाघेको छ । सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको पर्यटन आगमन तथ्याङ्क अनुसार १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

    गत एक महीनायता स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या भने उक्त तथ्यांकमा समावेश गरिएको छैन । नेपालले लामो समयदेखि प्रतीक्षा गर्दै आएको १० लाख पर्यटक संख्या यो वर्ष पूरा भएको बोर्डको धारणा छ । बोर्डको तथ्याङ्क अनुसार यो अवधीमा कुल १० लाख १ हजार ९ सय ३० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    पर्यटक आगमनमा छिमेकी मुलुक भारत पहिलो र चीन दोस्रोमा छन् । भारतबाट अक्टोबर महीनामा मात्रै ११ हजार ५ सय ६६ र नोभेम्बरमा १६ हजार १ सय ६७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    जनवरीदेखि नोभेम्बरसम्म १ लाख ७८ हजार १ सय ३० जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष यो अवधीमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै सोही अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख ३४ हजार ३ सय ५२ रहको छ । गत वर्ष यो संख्या ९३ हजार ६ सय ५४ थियो ।

    सन् २०१७ र २०१८ मा नेपाल भ्रमणमा आएका पर्यटकमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट यो अवधीमा ८२ हजार ८ सय ७० पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्ष अमेरिकाबाट ७३ हजार ६ सय ५० अमेरिकी नेपाल घुम्न आएका थिए । यस्तै बेलायतबाट ५७ हजार ५ सय ५५ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्ष यो संख्या ५० हजार ६ सय ५२ थियो ।

    बढि पर्यटक नेपाल भ्रमण गर्न आउने मध्ये जर्मन पाचौँ स्थानमा छ । जर्मनबाट यो वर्ष ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएका छन्, गत वर्ष २८ हजार ७ सय २ जना जर्मन नागरिकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.