मदन भण्डारी फाउन्डेसनले कास्कीको वामपन्थी आन्दोलनको ईतिहास सम्झिदै
/१ पुष २०७५, आईतवार ११:५६ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली
पोखरा। यतिबेला नेपालको राजनितिक बागडोर वामपन्थीको हातमा छ ।सँघिय सरकार प्रदेश सरकार र धेरैजसो स्थानिय तहमा पनि वामपन्थीको बर्चस्व छ।
भनिन्छ कम्युनिस्ट फलामे अनुशासनमा वाँधिएका हुन्छन र अनुशासित कार्यकर्ता र नेतृत्वका कारण नै नेपाली वाम राजनिती प्रति जनविश्वास बढेको हो ।समयका काल खण्डमा नेपाली जनताले वाम आन्दोलनलाइ गरेको अपारमाया र सहयोगका कारण वाम आन्दोलनले सफलता पाएको हो ।
चाहे निरँकुशताका बेला होस या जनयुद्द नेपाली जनताले नेता कार्यकर्तालाई आफ्ना भाग काटेर गाँस खुवाएका छन भने आफु नसुतेर आफ्ना ओछ्यानमा सुताएका छन । गाउँघरका हरेक घरहरु वामपन्थीका सेल्टर बनेका छन। ग्रामीण जनता घर गोठमा माक्र्सवाद र माओवादका व्याख्या गर्ने पाठशाला बनेको तथ्य कसैवाट लुकेको छैन ।
नेतालाई सेल्टर दिएकै भरमा कति जनताले यातना मात्र सहेका छैनन कि आफ्नो ज्यान समेत बलिदान गरेका छन ।समयका कठिन काल खण्डहरुमा जनताले गरेका बलिदानी इतिहासको सम्झना मदन भण्डारी फाउन्डेसन कास्कीले गर्ने भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार,घाइते बेपत्ता योद्दा ,घाइते अपाँग , तथा सेल्टर दाताको तथ्यांक सँकलन गर्ने ,तथा यहि पुस १९ गते भेला समेत गर्ने फाउन्डेसन कास्की अध्यक्ष माधव वास्तोलाले वताए ।
‘जनताले वाम आन्दोलनलाइ धेरै बलिदान दिएका छन यदि त्यो बलिदानलाइ सम्झिएन भने जनता प्रति अन्याय हुन्छ त्यसैले हामिले त्यो बलिदान पुर्ण इतिहासलाइ सम्झिने प्रयास गरेका छौँ’ युवा सँघका केन्द्रीय उपाध्यक्ष वास्तोलाले बताए ।
‘जनताले मात्र आफ्नो बलिदान दिएका छन राज्य सँग केही आशा गरेका छैनन, त्यसकारण पनि नेपाली जनता सम्मानका पात्र हुन, यस्तो अदम्य बलिदानको सम्झना र सम्मान हाम्रो दायित्व हो’ वास्तोलाले भने ।
यसै वर्ष कास्कीमा गठन भएको मदन फाउण्डेसन कास्कीले पुरन्चौरका परशुराम नेपालीको घर निर्माण कार्य सुरु गरेको छ भने हालै जनताको बहुदलिय जनबाद र हाम्रो समृद्धि बिषयक विचार गोष्ठि आयोजना गरिसककेको छ ।

Related