• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीको अन्न्पूर्ण गाउँपालिकामा हुने सेञ्चुरी मेलाको तयारी पुरा

  •      /२ पुष २०७५, सोमबार ०५:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । कास्कीको अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ स्थित सेञ्चुरी युवा क्लबले सञ्चालन गर्न गईरहेको १७ औं सेञ्चुरी ल्होसार मेला—२०७५ को तयारी पुरा भएको छ ।

    पौष ५ गते देखि १० गते सम्म तमु ल्होसारको अवसर पारी मेलाको आयोजना गर्न गईरहेको आईतवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए्का छन् ।

    “ब्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापना दखि नैं पुरुष भलिवल÷बास्केटबल, महिला भलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

    मेलामा सञ्चालन हुने बिभिन्न प्रतियोगिता मध्ये क्लब स्तरिय पुरुष भलिवलमा १७ टिम, पुरुष बास्केटबलमा ११ टिम र महिला भलिवलमा ८ टीमको सहभागिता रहने मेलाका संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

    क्लब स्तरिय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ६० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन भने द्धित्तिय स्थान ल्याउनेले ४० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र पाउने छन् ।

    यसै गरि महिला भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्धित्तियको लागि १० हजार नगद सहित मेडल र प्रमाण—पत्र प्रदान गरिने मेलाका प्रचारप्रसार संयोजक जगदिश गुरुङले बताए ।

    मेला सम्पन्न गर्नका लागि सेञ्चुरी युवा क्लबका अध्यक्ष मिकास गुरुङ रहने गरि बिभिन्न ११ उपसमिति गठन गरिएको छ । मेलाको मुख्य प्रायोजकमा अर्ना बियर, सह प्रायोजक र प्रायोजकमा अन्नपुर्ण गाँउपालिका कास्की, कुमारी बैक, अन्नपुर्ण गाँउपालिका वडा नं ११ छोम्रोङ लगाएत रहेका क्लबका सचिव दिपक गुरुङले जानकारी गराएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.