शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । पूर्वराजा ज्ञानेन्द्र विक्रम शाह र रानी कोमललाई पोखरामा भब्य स्वागत गरिएको छ । सोमबार दिउसो पोखरा विमास्थल ओर्लिएका राजालाई स्थानीय नागरिक समाजका तर्फबाट स्वागत गरिएको हो ।
पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्नका लागि स्थानीयहरु विमानस्थलदेखि मुस्ताङ चोक सम्म लामबद्व भई बसेका थिए । विमानस्थलबाट २० मिनेटसम्म हिडेर नै पूर्व राजाले नागरिकको स्वागत ग्रहण गरेका थिए । पूर्व राजाको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट समासेवी केशव भण्डारीको संयोजकत्वमा ५५१ सदस्ययी स्वागत समारोह समिति गठन गरिएको थियो ।
जसमा राप्रपा कास्कीका जिल्ला अध्यक्ष डा. महेन्द्र कार्की र नेपाली कांग्रेस विपीका सभापति चन्द्र बहादुर रानाभाट सहसंयोजक रहेका थिए भने अन्य शिवसेना, हिन्दुधर्मसभा, राष्ट्रवादी दललगायतका हिन्दुवादी संघ–संगठनका पदाधिकारी समेत स्वागत समारोह समितिमा रहेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र साताव्यापी भ्रमणका लागि मध्यान्ह १२ बजे बुद्ध एयरमार्फत पोखरा पुगेका हुन । नागरिकको स्वागत ग्रहणपछि पूर्वराजा सपरिवारकासाथ एयरपोर्टबाट करिब ८ किलोमिटर टाढा रहेको निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्ट तर्फ लागेका छन । उनी एक साता त्यही रहने जनाइएको छ ।
त्यहाँ पश्चिमाञ्चललगायत देशका विभिन्न भागबाट आउने उनका शुभेच्छुक, राजनीतिज्ञ, कलाकार, समाजसेवी बुद्धिजीवि लगायतका व्यक्तिहरु भेटघाट हुने जनाएको छ ।

Related