ठूलो परिमाणमा लागू औषध सहित पोखराबाट एक भारतिय पक्राउ
/२ पुष २०७५, सोमबार १३:४६ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
पाेखरा । पोखरा मालेपाटनबाट एक भारतीय युवा ठूलो मात्रामा लागू औषध सहित पक्राउ परेका छन् ।भारतको मोतिहारी जिल्ला घर भएका ३० वर्षीय सन्दीप शाहलाई लागू औषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेको हो ।
प्रहरीले शाहलाई पोखरा ८ जाल्पारोडबाट ठूलो परिणमको लागू औषध सहित सवारी साधन र नगद समेत बरामद गरेको हो / शाहसँग सुजुकीको ब्रिजा बा १८ च ६७८५ नम्बरको नीजि कार सहित नाइट्रा भ्याट २९७० चक्की, डाइजापाम ४९६ एम्पुल, फेनरागन ४८२ एम्पुल, नरफिन ४९९ एम्पुल र नगद ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाहलाई थप अनुसन्धानको लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ ।

Related