कर्मचारी समायोजन अध्यादेश’ विरुद्ध पोखरा महानगरपालिकाका कर्मचारी आन्दोलनमा
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पाेखरा । ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीआवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाल लगायतका संघ÷संगठनले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलित बनेका हुन् ।
निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि यस अध्यादेश विरुद्ध आन्दोलन गर्नुपरेको पोखरा महानगरपालिकामा संघर्ष समितिका धुव्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारीहरु आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यालयमा धर्नामा बसेका छन् ।
घोषित आन्दोलन अन्तर्गत कार्यालयमा काम नगर्ने, कालोपट्टी बाँध्ने, धर्ना बस्ने लगायत रहेका छन् । संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
Related