कास्की जिल्ला अदालतले गर्यो इतिहाँसमै पहिलो फैसला : पुम्दीभुम्दीकी श्रेया सुनार हत्याका अभियुक्त कुसुमलाई आजीवन जन्मकैद
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । कास्की जिल्ला अदालतले युवतीको बलात्कारपछी हत्या गर्ने एकजनालाई आजिवन जन्मकैदको फैसला गरेको छ। गत असोजमा पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिकी श्रेया सुनारको बलात्कार पछि हत्या गरेका अभियुक्तलाई आजीवन जन्मकैदनको नौलो फैसला गरेको छ।
अदालतले बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई नेपालकै इतिहाँसमा आजीवन जन्म कैदको फैसला गरेको हो।न्यायधीश योगेन्द्र प्रसाद शाहको ईजालसले उनलाई सो सजाय सुनाएको हो ।
मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जिवित रहदासम्म कैदको व्यवस्था गरेको छ । जसमा बलत्कार पछिको हत्या पनि पर्दछ।
मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्ने छ ।
पोखरा महानगरपालिका २२ निवासी मिन बहादुर विकको जाहेरीको आधारमा पौडेललाई अदालतले फैसला सुनाएको हो ।
कुसुमले अदालतमा आफूले रक्सीमा मात्तिएर १० वर्षीय श्रीया माथि बलात्कारको प्रयास गर्न खोज्दा श्रीयाले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको स्कारगरेका थिए ।
जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले,सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए ।त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए ।
Related