शुभेच्छा न्यूज संम्वाददाता
तनहुँ/अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले भानु नगरपालिका वडा नं. ३ दोरदोर बस्ने ३७ वर्षीय लक्ष्मी गन्धर्वलाई पक्राउ गरेको हो ।
दोरदोरको चण्डीथोक स्थित झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा नवजात शिशुको शव भेटिएको थियो ।
उक्त घटनापश्चात प्रहरी चौकी तुरतुरेले घटनास्थलको अनुसन्धान, लाशजाँच मुचुल्का गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न भएको आरोपमा ती महिलालाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नियन्त्रणमा रहेकी ती महिलाले आफुले जन्म दिएको नवजात शिशुलाई सोही दिन आफैले मारेर फालेको स्वीकारेको प्रहरी उपरीक्षक शिद्धी बिक्रम शाहाले जानकारी दिए।
श्रीमान विगत चार बर्षेखि वैदेशिक रोजगारको शिलसिलामा कतारमा रहेका र परपुरुषसंगको सर्म्पर्कमा उक्त बच्चा जन्मिएको र अवैध सम्बन्ध लुकाउन शिशुको हत्या गरिएको प्रारम्भिक अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अवैध सम्वन्ध कायम गर्ने पुरुषको खोजी भइरहेको छ ।

Related