फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको साधारण सभा पोखरामा हुने
/५ पुष २०७५, बिहीबार १२:५२ , प्रकाशीत
शुभेच्छा न्यूज संम्वाददाता
कास्की । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको चौथो साधारण सभा पोखरामा हुने भएको छ ।यही पौष ७ गते विहान ग्राण्ड होटलमा साधारण सभा हुने महासंघले जनाएको छ ।
सभामा देशभरबाट उद्योगी व्यवसायीहरुको सहभागीता रहने बिहिवार आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव कविन्द्र जोशीले जानकारी दिए।। ‘पोखरामा हुने चौथो साधारण सभालाई भब्यरुपमा सफल पार्नका लागि हामी लागिपरेका छौैं’ उनले भने।‘ सभाले विगतमा महासंघबाट भएका कार्यहरुलाई समिक्षा गर्दै आगामी दिनका लागि योजनाहरु तयार पार्नेछ ।’
महासंघका अध्यक्ष भूपेन्द्र गिरीले साधारण सभामा उद्योगी व्यवसायीहरुको समस्याको पहिचान गर्दे समाधानका लागि योजना बनाइने बताए। ‘ब्यासायीहरुले विभिन्न खाले समस्य झेल्दै आएका छन’ उनले भने।‘समस्याहरुलाई छलफल गर्दे, आगामी दिनमा व्यवसायलाई सहज हुने प्रक्रियाको अबलम्व गर्छौ।’
महासंघ अध्यक्ष भूपेज्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव कविन्द्र जोशी, सल्लाहकार युवराज पौडेल र ज्ञान बहादुर नेपाली र कोषाध्यक्ष ओम दाहाल लगायतको सहभागिता रहेको थियो ।

Related